Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

ग्रामीण कच्ची सडकमा कालोपत्रे

तनहुँ । जिल्लाको व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ । सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो । सो मार्गबाट व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका हँुदै पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे बजार पुगेर जोडिएको छ ।

सो सडकमा यसअघि ग्राबेल, नाला निर्माण र आवश्यक स्थानमा ह्युमपाइप राखेर यातायात सञ्चालन भएको थियो । विसं २०४८ पछि कच्चीमार्गको रुपमा सडक चलेपनि कालोपत्रे नहुँदा वर्षामा हिलोले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । नगरपालिकाको १४ नं वडा केशवटारस्थित रुम्सी ढाक्रेस्वाँरा चोकदेखि आँपटोल डाँडासम्म करिब ६०० मिटर दूरी कालोपत्रे गर्न थालिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको समानीकरण बजेट व्यास नगरपालिकामार्फत आएपछि सडक कालोपत्रे थालिएको हो । उनले भने, “कात्तिक मसान्तभित्र उक्त दूरीमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।” रु एक करोड २५ लाखको समानीकरण बजेट विनियोजन पश्चात कालोपत्रे कार्य थालिएको हो । गण्डकी प्रदेश सरकारबाट उक्त मार्ग कालोपत्रे गर्नका लागि गत वर्ष डेढ करोड र यसवर्ष सवा करोड विनियोजन गरेपनि टेण्डर नै नगराई काम रोकिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गतवर्ष र यसवर्ष बजेट विनियोजन गरी काम नगरेपछि स्थानीयवासी डेलिगेशन जाने तयारीमा जुटिरहेको उनले बताए । व्यास नगरपालिकाद्वारा विनियोजित रु एक करोड बजेट रकमले दमौली बजारबाट केशबटार जाने उक्त सडक मार्गको पनि कालोपत्रे कार्य थालिएको छ । दमौली–केशवटार गुदीफच्याङ मार्गको करिब १४ किलोमिटरमध्ये हालसम्म करिब ४ किलोमिटर सडक मार्ग कालोपत्रे सम्पन्न भैसकेको बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending