बनेपा । मान्छे अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल नगरपालिका वडा नं। १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं। ४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, सोही ठाउँका २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका वडा नं। ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल–४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वषीया उमा परियारलाई पक्राउ गरिएको हो ।
पाँचखाल–१२ देवभूमी घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई धुलिखेल–४ स्थित २८ किलोमा ४÷५ जनाको समूहले अपहरण गरी बन्धक बनाई रु पचास हजार माग गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरिएको थापाले बताए । उनका अनुसार आकाश र सविनालाई बिहीवार र उमालाई आज बिहान पक्राउ गरिएको हो । घटनामा संलग्न फरार रहेका दुई जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
पक्राउ परेकामध्ये सबिनाले दनुवारलाई फोनसम्पर्क गरी भेटघाट गर्न बोलाएको र सँगै कुराकानी गरी बसिरहेको अवस्थामा आफ्ना श्रीमान् आकाशलगायत अन्य व्यक्तिले उहाँलाई नियन्त्रणमा लिई बन्धक बनाएर घट्ना मिलाउन भन्दै रु पचास हजार माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरुले बुधवार अपहरण गरेका दनुवारलाई बनेपा–१० बुडोलबाट सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ । सो घटनामा पक्राउ परेका तीन जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१७ अन्तर्गत अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: