दार्चुला । यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन् । गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ ।
“जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका छन्, यो सङ्ख्या निकै धेरै हो”, जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले भने । यसअघि २०७५÷७६ मा २१६ जनाले अस्पतालमा आएर गर्भपतन गराएका थिए । “विगतमा मेडिकलबाट औषधि लिएर घरमै प्रयोग गर्ने गर्थे, तर अहिले चेतनास्तरमा आएको परिवर्तनले पनि सुरक्षित गर्भपतन सेवा लिने बढेको हुनसक्छ”, डा दुवालले बताए ।
महिला र पुरुषका लागि परिवार नियोजनका विभिन्न अस्थायी साधन हुँदाहुँदै पनि महिलाको स्वास्थ्यलाई जोखिममा पारेर गर्भपतन गराउनु खतरा हुने उनको भनाइ छ । यो तथ्याङ्कले अहिले परिवार नियोजनको साधन प्रयोगकर्ता घटेको देखाउँछ । जिल्ला अस्पतालमा एक वर्षको अवधिमा ४९८ जनाले प्रसूति सेवा लिएका छन् । यस्तै आव २०७४/७५ मा ५७८ र २०७५/७६ मा ४९१ जनाले प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।
अस्पताल पुगेकामध्ये ४१८ जनाले सामान्य तवरमै प्रसूति सेवा लिएका छन् । यस्तै ३५ जनाको शल्यक्रियाद्वारा प्रसूति सेवा दिइएको डा दुवालले जानकारी दिए । जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका २१ जनालाई अन्यत्र अस्पतालमा प्रसूतिका लागि सिफारिस गरिएको छ । जिल्ला अस्पतालमा आएर परिवार नियोजन सेवा लिनेमा कन्डम प्रयोगकर्ता ११२ जना मात्रै छन् । पिल्स ५१, डिपो लगाउने २५८, आइयुसिडी लिने चार र इमप्लान्ट राख्नेको सङ्ख्या ७५ जना रहेको अस्पतालले जनाएको छ ।
यस्तै जिल्ला अस्पतालमा पाँच नवजात शिशुको ज्यान गएको छ । समयमै अस्पताल पुर्याउन नसक्नु तथा सडक नहुँदा बोकेरै ल्याउँदा पनि नवजात शिशुको ज्यान गएको डा दुवालले बताए । पहाडी क्षेत्रमा गाउँबाट सुविधासम्पन्न अस्पतालसम्म पुग्नै समय लाग्छ । ढिला गरी अस्पताल आउँदा नवजात शिशुको मृत्यु हुने गरेको उनको भनाइ छ । जिल्ला अस्पतालमा मातृ मृत्युदर भने गत वर्ष शून्य अवस्थामा छ ।
लैङ्गिक हिंसामा परेका महिलालाई निःशुल्क सेवा
दार्चुला । जिल्ला अस्पतालले लैङ्गिक हिंसामा परेका महिलालाई निःशुल्क सेवा दिएको छ । विभिन्न कारणले पीडित भएर अस्पताल पुगेका दुई महिलालाई निःशुल्क स्वास्थ्य सेवा दिइएको जिल्ला अस्पतालका डा दुवालले जानकारी दिए ।
यस्तै घरेलु तथा लैङ्गिक हिंसामा परेर अस्पतालसम्म पुगेका पाँच महिलालाई परामर्श सेवा दिएको छ । परामर्श सेवापछि उनीहरुलाई सुरक्षित घर सेफहाउसमा राखिएको थियो । जिल्ला अस्पतालले हरेक वर्ष ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न, अतिगरिब महिला स्वास्थ्य स्वयंसेविका तथा बेवारिसे भएर अस्पताल पुगेकालाई पनि निःशुलक स्वास्थ्य सेवा दिँदै आएको डा दुवालले बताए ।
अस्पतालको ओपिडीमै पुगेर ३६ अपाङ्गता भएका व्यक्ति, दुई हजार १४५ ज्येष्ठ नागरिक, विपन्न अतिगरिब ८३४ जनाले सेवा लिएका छन् भने आकस्मिक सेवाअन्तर्गत ४६२ ज्येष्ठ नागरिक तथा १५४ गरिब अतिविपन्न परिवारले स्वास्थ्य सेवा पाएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: