Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

नेपाल तरुण दलद्धारा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले आज काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिई) र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिइ) र २० थान फेस शिल्ड सहयोग गरेको हो ।

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कोभिड–१९ को जोखिम बढिरहेका बेलामा अग्रभागमा रहेर जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गरेको बताए । उक्त स्वास्थ्य सामग्री काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानले उपलब्ध गरेका थिए ।

यस्तै तरुण दलले १०७औँ बिपी जन्मजयन्ती सामाजिक दूरी कायम गरेर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्रसमेत गरिसकेको छ । १०७औँ बिपी जयन्तीका अवसरमा आज नेपाली काँग्रेस र सो पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी बिपी जयन्ती मनाउँदै छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies