काभे्रपलाञ्चोक । काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो ।
मङ्लबार काभ्रेपलाञ्चोकमा देखिएका १० सङ्क्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उहाँका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएयता उपत्यका प्रवेशको पूर्वी नाका साँगामा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगै थप सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
गत साउनमा साँगा नाकाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ मा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले एक हप्ताको अवधिमा सवारी साधनका तीन हजार ४८२ यात्रुको स्वाब परीक्षण गर्दा १३ मा कोरोना पोजेटिभ भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेशमा तीन नाका काभ्रेपलाञ्चोकको साँगा, ललितपुरको फर्पिङ र काठमाडौँको थानकोटमा यात्रुको कारोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरिएको थियो ।
साताअघि साँगा नाकामा सङ्क्रमण देखिएका दुई सुरक्षाकर्मीको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्दा केहीलाई सङ्क्रमण देखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले जनाएको छ । उसले ‘विशेष सतर्कता’ अपनाई स्वास्थ्य–सुरक्षा मापदण्डानुसार गतिविधि गर्न आफ्ना प्रहरी कर्मचारीलाई भनेको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका पाँचमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण दर बढिरहेको पोष्टको तथ्याङ्कले देखाएको छ ।
पोष्टका अनुसार हालसम्म बनेपास्थित सङ्घीय प्रहरी कार्यालयका १९ प्रहरी कर्मचारी, सशस्त्र प्रहरीका १०, धुलिखेलस्थित नेपाली सेनाका आठ र जिल्ला प्रहरी कार्यालय धुलिखेलका तीन प्रहरी कर्मचारीमा सङ्क्रमण देखिएको छ । “सुरक्षाकर्मीपछि जिल्लामा स्वास्थ्यकर्मी उच्च जोखिममा रहेका छन्”, झाले भने । उनका अनुसार जिल्लामा कार्यरत ६६ स्वास्थ्यकर्मी, अस्पतालमा उपचाररत १०४, समुदायमा रहेका ८६, वैदेशिक रोजगारबाट फर्केका २५, छ कर्मचारी, दुई जनप्रतिनिधि, एक कानुन व्यवसायी र एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण देखिएको हो ।
पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म २१२ पुरुष र १२२ महिला सङ्क्रमित भएका छन् । तीमध्ये दुईको मृत्यु भएको छ भने १५९ उपचारपछि घर फर्किएका छन् । अन्य १७३ सक्रिय सङ्क्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । जिल्लास्थित १३ स्थानीय तहमा ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ । हाल २३ पुरुष र ३७ महिला स्थानीय तहको क्वारेन्टिनमा बसेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: