चौतारा । गोल्डेन एप्पलको नामले चर्चा पाए पनि रोगले सखाप पारेपछि पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुमा पुनः स्याउखेती विस्तार गरिने भएको छ । हेलम्बुलाई स्याउ क्षेत्र बनाउने लक्ष्यका साथ खेतीको विस्तार गरिने कार्यक्रम राखिएको छ ।
गत वर्ष हेलम्बु गाउँपालिकाले रु चार लाख लगानी गरी किसानलाई ५० प्रतिशत अनुदानमा इटालीबाट झिकाई दुई सय स्याउका बोट रोपिएको चार महिनामै असोजमा फल्न शुरु गरेको थियो । गोल्डेन बोलिसेस, फुजी र गाला प्रजातिका स्याउका बोट कलमी भएकाले औसतमा होचो हुन्छ । फलेका स्याउ बजारमा पाइनेभन्दा निकै स्वादिलो रहेको कृषि प्राविधिकको जिकिर छ । यस वर्ष करीब चार सय किलोग्राम स्याउ फल्ने पालिकाका पशु तथा कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए ।
विदेशबाट झिकाइएका बिरुवा वडा नं १ को हेलम्बु, वडा नं २को किउल र वडा नं ५ को महाङ्कालमा लगाइएको छ । त्यसबाट राम्रो प्रतिफल दिन थालेपछि यस वर्ष पनि रु एक लाख ७५ हजार लगानी गरी ७५ प्रतिशत अनुदानमा थप दुई सय बिरुवा झिकाई रोपिएका छन् । करीब २६ रोपनी क्षेत्र स्याउको बिरुवाले ढाकेको छ । प्रत्येक वर्ष विस्तार गरिँदै लाने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । त्यहाँ उत्पादित स्याउ हाल स्थानीयस्तरमा खपत हुने बताइएको छ ।
नेपालमा स्याउको उत्पादन नभएका समयमा विसं २०३० सालमा हेलम्बुमा गोल्डेन स्याउले निकै चर्चा कमाएको थियो । त्यहाँका अधिकांश व्यक्ति रोजगारीका लागि भारत जाने र घर फर्कने समयमा काश्मिरबाट स्याउका बिरुवा ल्याएर रोप्ने गरेका थिए । परीक्षणका रुपमा रोपिएका बिरुवाले राम्रो उत्पादन दिन थालेपछि कृषकले उत्साहित हुँदै ऋृण गरेर थप बिरुवा लगाएका थिए । तत्कालीन समयमा यातायातको सुविधा नहुँदा पनि ज्यामीद्वारा ढुवानी गरी उत्पादित स्याउ राजधानीसम्म पुग्ने गरेको स्थानीयवासी अझै सम्झने गर्छन् । यसरी राम्रो उत्पादन दिँदादिँदै केही वर्षपछि झ्याउ जस्तो लहराले क्रमशः बोट सुक्न थालेपछि नियन्त्रण हुनै नसकी २०४० सालमा आइपुग्दा स्याउका बोटको नामोनिशान हराएको स्थानीय किसान दुःखेसो सुनाउँछन् ।
लामो समयको अन्तरालपछि २०६९ सालमा केही स्थानीयवासीले आफ्नै पहलमा भारतका हिमाञ्चल प्रदेश र त्यसअन्तर्गत सिमलाबाट स्याउका बिरुवा पुनः ल्याएर रोपेका थिए । हेलम्बुको मेलम्चीघ्याङ आसपासका गाउँमा रोपिएका ती बोटले उत्पादन दिन थालिसकेका छन् ।
यस वर्षदेखि स्याउ किसानको समूह बनाई गोडमेल, मलखाद, औषधोपचार तथा अनावश्यक हाँगा काँटछाँट जस्ता सामान्य प्राविधिक ज्ञानका बारेमा तालीम दिने कार्यक्रम रहेको कृषि शाखा प्रमुख बरुवालले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: