Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

महामारीमा एनआरएनएको भूमिका प्रशंसनीय : मन्त्री ज्ञवाली

काठमाडौँ । मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ ।

मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै उनले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली सङ्घले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली सङ्घ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गरे ।

विदेशबाट फर्किएका नेपालीलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइरहेको र कतिपय योजनासमेत बनिसकेको उनको भनाइ थियो । नेपाल फर्केका नेपालीको ज्ञान र सीपको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा सङ्घले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

छलफलमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीले राज्य सरह सङ्घप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए । सङ्घको साधन र स्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य शुरु गरिएको जानकारीसमेत उनले गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीले कोरोना सङ्क्रमणपछि समस्यामा परेका नेपालीको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वंयसेवा तथा कानूनी परामर्श सहितको पाँचमहिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा सङ्घका महासचिव डा हेमराज शर्माले कोभिड–१९ को कहरका बीच सङ्घको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी गराएका थिए । उनले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए । कार्यक्रममा कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स ९युएई० र साउदी अरबस्थित नेपाली राजदूत, सङ्घका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षलगायतको उपस्थिति थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending