Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रशासनको ढिलासुस्ती देखेर प्रधानमन्त्रीले भने, ‘ जहाँ पनि पैसा खानै खोज्ने, कति नपुगेको होला’

\"Ashman३ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा आएका लगानीकर्ताहरु विकर्षित हुने अवस्था उत्पन्न हुन दिन नहुने बताएका छन् । उनले सो कुरा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री  निवास बालुवाटारमा पुगेको बुटबल पावर कम्पनीका प्रतिनिधिहरुसँग बताएका हुन् । सो अवसरमा कम्पनीका अध्यक्ष पद्यज्योतिले आँधी खोला, झिम्रुक र खुदी जस्ता जलविद्युत आयोजना निर्माण गरी सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले विश्व बैंक समूहको समेत लगानीमा निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको काबेली जलविद्युत आयोजनाका सम्बन्धमा सरकारी तबरबाट केही निर्णय लिन भएको बिलम्बले लगानीकर्ताहरु थाकेको बताएका थिए  । सो अवसरमा प्रधानमन्त्री कोइरालाले लगानीकर्ताले अधिक सरोकार राख्दै आएको पीटीए र पीडिए जस्ता सम्झौता सम्पन्न भएपछि पनि यस क्षेत्रले अपेक्षित गति लिन नसकेकोमा असन्तुष्टी प्रकट गरेका थिए । ‘के बाधा भए स्पष्ट भन्नुहोला’, प्रधानमन्त्री कोइरालाले भने, ‘कतै कसैले बदमासी गरेको भए दण्ड सजायँ हुनेछ ।’ सो अवसरमा प्रधानमन्त्रीले नेपालको प्रशासनको ढिलासुस्ती प्रति तीव्र असन्तुष्टी जनाउँदै भने, ‘जहाँ पनि पैसा खानै खोज्ने, कति नपुगेको होला ?’ भूकम्प पीडितलाई बुटबल पावर कम्पनीको ४५ लाख भूकम्प पीडित नेपालीको राहत र पुनस्थापना कार्यमा सघाउनका लागि बुटबल पावर कम्पनीले ४५ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । यसमध्ये ४० लाख रुपैयाँ बुटबल पावर कम्पनीले  ५ लाख रुपैयाँ यसको सहायक कम्पनी हाइड्रो कन्सल्टले प्रदान गरेको हो । दुवै कम्पनीको सहयोगमा ती कम्पनीमा  कार्यरत कर्मचारीहरुको पनि योगदान रहेको छ । भूकम्प पीडितहरुलाई बुटबल पावरका कर्मचारीहरुले ४ लाख १८हजार ४ सय ४९ रुपैया र हाइड्रो कन्सल्टका कर्मचारीहरुले २लाख १७ हजार ९ सय ६२ रुपैयाँ प्रदान गरेका थिए । सहयोग रकम हस्तान्तरण पछि प्रधानमन्त्री कोइरालाले विपद्को समयमा मुलुकलाई प्राप्त सहयोगको सदुपयोग होस् भनेर आफू लागेको बताए । उनले दुरुपयोग गरेको खबर पाएमा आफूलाई जानकारी दिन पनि अनुरोध गरेका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बुटबल पावर कम्पनीका अध्यक्ष पद्य ज्योति, सञ्चालक चण्डिप्रसाद श्रेष्ठ, विजयकृृष्ण श्रेष्ठ, राधेश्याम श्रेष्ठ, टीकाराम श्रेष्ठ र पद्महरि ज्ञवाली पनि उपस्थित थिए । सो अवसरमा हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठ पनि उपस्थित थिए । दाना उद्योग संघबाट थप २० लाख राहत र पुनस्थापना कार्यमा सघाउन नेपाल दाना उद्योग संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २० लाख रुपैया प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयोजित कार्यक्रममा सघका अध्यक्ष श्री नारायणहरी खत्रीले  सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा संघका श्रीकृष्ण घिमिरे, रविन पुरी, सञ्जीव चण्डेल, मुकुन्द सिलवाल र मदन थपलिया पनि उपस्थित थिए । संघले जेठ १३ गते ८१ लाख ११ हजार १ सय ११ रुपैयाँ कोषमा प्रदान गरेको थियो । सिद्धार्थ फाइनान्सको ६ लाख ६० हजार भूकम्प पीडित नेपालीको राहत र पुनस्थापना कार्यमा सघाउन सिद्धार्थ फाइनान्स लिमिटेडले ६ लाख ६९ हजार ३ सय ८१ रुपैया ५० पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष रमेशकुमार अग्रवालले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा कम्पनीका राजकुमार अग्रवाल, ध्रुवकुमार  श्रेष्ठ, रामगोपाल गोयन्का, अरुण कुमार गोयन्का र बाबुकाजी शाक्यको पनि उपस्थिति रहेको थियो । एनबीसीबीएसको ३ लाख सहयोग ललितपुरको  नख्खु कार्यविनायक अवस्थित एनबीसीबीएस नामक संस्थाले पनि भूकम्पपीडित नेपालीहरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सो संस्थाका अध्यक्ष घनश्याम दाहालले ३ लाख ४ हजार ३ सय ५० रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् । सो अवसरमा संस्थाका रामकुमार लामा र मनोज प्रधानाङ्गको पनि उपस्थिति रहेको थियो । आसमान नेपालको १ लाख ७३ हजार धोबिघाट ललितपुर अवस्थित आसमान नेपालले भूकम्प पीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७३ हजार ७ सय १८ रुपैया प्रदान गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक नवल किशोर यादवले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थाका रामशिला ठाकूर, रमेश खतिवडा, राजकुमार दुलाल, अतुल पुडासैनी र सुनिल आलेको पनि उपस्थिति थियो । संस्थाले भूकम्प पछि धादिङ, रामेछाप र सिन्धुलीमा खाद्यान्न, सेनीटरी प्याड वितरण गर्नूका साथै अस्थायी टहरा निर्माण र मनोपरामर्शमा स्वयंसेवकहरु परिचालन गरेको थियो । कन्ट्री डेभलपमेण्ट बैंकको १ लाख ६२ हजार भूकम्प पीडितहरुको राहत र पुर्नस्थापनालाई सघाउन बनेपा अवस्थित कन्ट्री डेभलपमेण्ट बैंकले १ लाख ६२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष इन्द्र नारायण भैलले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा बैंकका सञ्चालक रबिन्द्र गौतम, निमित्त कार्यकारी प्रमुख धिरेन्द्र दाहाल र विष्णुहरि कटुवालको पनि उपस्थिति रहेका थियो । मादी दाहाल परिवारबाट १ लाख ३८ हजार भूकम्प पीडितहरुको निमित्त मादी दाहाल परिवार काठमाडौंले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ३८ हजार ९ सय १० रुपैयाँ सहयोग गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका महासचिव कविन्द्र दाहाल, कोषाध्यक्ष सुरेशकुमार दाहालले सो रकम प्रदान गरेका थिए  । सो अवसरमा सदस्यहरु विजया दाहाल र सृजना दाहालको पनि उपस्थिति थियो । ल्याकको १ लाख सहयोग कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५ सय रुपैया सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष शशी अधिकारलिे सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा संस्थाका साधना श्रेष्ठ र निता ढुंगानाको पनि उपस्थिति रहेको थियो । संस्थाले भूकम्प पछि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा महिला मैत्री प्याकेट, खाद्यान्न र बच्चाको सामग्री वितरण गरेको जनाएको छ । विद्यार्थीले दिए ८० हजार बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका आशिष पाण्डे र धनसुर शाहीले  विद्यार्थीहरुबाट जुटेको ८० हजार रुपैयाँ आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending