Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

आगलागीबाट १ करोड ४० लाख बराबरको क्षति

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका–५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान आगलागीबाट मुख्य बजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा रु एक करोड ४० लाख ५८ हजार १०० बराबरको भौतिक सम्पत्ति क्षति भएको हो ।

प्रहरीको मुचुल्का अनुसार आगलागीबाट घरधनी देवेन्द्र शर्माको रु ३८ लाख ८२ हजार क्षति भएको छ भने सोही घरमा भाडा लिएर व्यवसाय गरिरहेका राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा रु ५० लाखको क्षति भएको हो । गोदाममा राखिएको खुद्रा, खाद्यान्न सामग्री, इलेक्ट्रोनिक सामान ल्यापटप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायत सबै सामान जलेर नष्ट भएका छन् । प्रहरी सहायक निरीक्षक देवराज भट्टराईका अनुसार देवेन्द्र शर्माकै छेउमा रहेको लविनध्वज खाँडको घरमा समेत आगलागी हुँदा रु दुई लाख बराबरको क्षति भएको छ ।

सोही घरमा भाडा लिएर कपडा पसल गरिरहेका पदमराज चौलागाईको प्रकृति सपिङ सेन्टरमा पनि रु छ लाखको क्षति भएको हो । त्यस्तै जनकध्वज खाँडको घरमा रु ५० हजार, सोही घरमा भाडामा पसल गर्ने अनुपम कपडा पसलको एक लाख र आसिप खान र रेस्मा जोलाको रु २६ हजारको क्षति भएको छ । देवेन्द्र शर्माको घरबाट सल्केको आगोले दुई घरमा रु एक करोड ४० लाखको क्षति गरेको हो ।

बेलैमा आएको चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियताले मुख्य बजार आगलागी हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको भनाइ छ । सोलार ब्याट्री चुहावट भएर आगलागी भएको प्रहरीको अनुमान छ । खलङ्गामा तीनदेखि बत्ती नआएको र घरमा पनि कोही नभएको अवस्थामा रहस्यमय तरिकाले आगलागी भएको छ ।

यसैबीच चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ । नगरपालिकाले आगलागी पीडित आठ जनालाई चामल र प्रतिव्यक्ति १० हजारका दरले राहतस्वरुप रकम उपलब्ध गराएको नगरप्रमुख कान्तिका सेजुवालले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies