Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

मल नपाउँदा किसान चिन्तित

विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् ।

विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरी बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए । धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान हतास देखिएका छन् । सहकारीले दैनिकरुपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य लिई व्यापारीलाई कालोबजारीमा उपलब्ध गराउने गरेको किसानले आरोप लगाएका छन् ।

आफूहरु बिहान १० बजे आउने तर कार्यालय नखुल्ने, कर्मचारी उपलब्ध नहुने, फोन सम्पर्क नलाग्ने गरेको भन्दै किसानको अनुहारमा पीडा देखिन्छ । बुढीगंगा गाउँपालिका–४ का कृषक जगतबहादुर विष्टले धानको खेतीको बेलामा मल उपलब्ध नहुँदा दुःख लागेको बताउँदै लगातार पाँच दिनदेखि मल लिन आएको तर खाली हात फर्कनु परेकोमा हतास रुपमा बताए ।

यस्तै कर्सिया–३ का ब्रम्हदेव मण्डलले धानबालीलाई मल उपलब्ध नहुँदा बिग्री सकेको बताउँदै अब कसरी परिवारलाई वर्षदिन खुवाउने भनेर चिन्ता लाग्न थालेको गुनासो गरे । बुढीगंगा गाउँपालिका कृषक गरुचरण यादवले चार दिन लगातार दिनभरी मल उपलब्ध हुन्छ भनेर आउने गरेको तर खाली हात जानु परिरहेको बताउँदै किसानलाई सहज हुने स्थानमा सरकारले मल उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

सरकारले आधुनिक कृषिमा जोड दिएको भन्ने तर कृषकलाई आवश्यक हुँदा सहजरुपमा मल उपलब्ध नहुँदा उनीहरु दुखित भएका छन् । खेतमा धानवाली लागिरहेको अवस्थामा सहजरुपमा मल उपलब्ध नहुँदा यस वर्ष धानको उत्पादन घट्नेमा उनीहरु चिन्तित देखिन्छन् । सहकारीबाट मल लिनका विराटनगर, बुढीगंगा, धनपालथान, कटहरी लगातका गाउँपालिकाक्षेत्रबाट किसान विराटनगर–धरान सडकको शिवमन्दिर चोकको सहकारीको कार्यालय अगाडि ठूलो सङ्ख्याको रुपमा आउने गर्दछन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies