चितवन । जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र अस्पताल प्रशासन हेर्ने छन् । कूल सङ्क्रमितमध्ये २४ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी रहेको पाइएको छ ।
जिल्लामा सबैभन्दा बढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार सात चिकित्सक, ३३ नर्स, एक पारामेडीक्स र पाँच एटेण्डर ९सहयोगी० गरी ४६ सङक्रमित भएकामा दुई जना निको भएका छन् । दोस्रो धेरै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार चिकित्सक तीन, नर्स १९, पारामेडीक्स एक , प्रशासनका दुई र १८ सहयोगी सङ्क्रमित भएका छन् ।
पुरानो मेडिकल कलेजमा ३६ सङ्क्रमित भएका छन् । कलेजका डा प्रिया पाठकका अनुसार १० चिकित्सक, २० नर्स, तीन पारामेडीक्स र तीन सहयोगी सङ्क्रमित भएका छन् । भरतपुर अस्पतालमा ३० सङ्क्रमित भएको सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार चिकित्सक सात, नर्स नौ, पारामेडीक्स चार, प्रशासनका दुई र सहयोगी आठ सङ्क्रमित भएका छन् ।
एनपिआई नारायणी सामुदायिक हस्पिटलका ६ मध्ये चिकित्सक एक, नर्स दुई, प्यारामेडीक्स एक, प्रशासनका एक र सहयोगी एक रहेको अध्यक्ष डा भक्तमान श्रेष्ठले जानकारी दिए। यसैगरी सेन्ट्रल अस्पतालमा तीन नर्स र दुई सहयोगी, मौलाकालिका अस्पतालमा दुई नर्स र दुई सहयोगी, आशा अस्पतालमा दुई नर्स र एक पारामेडीक्स, रत्ननगर बकुलहर अस्पतालमा एक चिकित्सक र एक नर्स, मनकामना अस्पतालमा एक नर्स, पुष्पाञ्जली हस्पिटलमा दुई प्यारामेडीक्स र एक सहयोगी सङ्क्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार निजी मेडिकलका तीन, नेपाल रेडक्रस सोसाइटीका एक प्राविधिक र एक एम्बुलेन्स चालक सङ्क्रमित भएका छन् । जिल्लाका सात पालिकामध्ये भरतपुर क्षेत्रमा काम गर्ने चार, खैरहनीमा दुई र राप्तीमा एक स्वास्थ्यकर्मी सङ्क्रमित भएको उनले जानकारी दिए । अन्य दुई एम्बुलेन्स चालक पनि सङ्क्रमित भएका छन् । उपचारमा अहोरात्र खटिनेहरु नै सङ्क्रमित भएपछि अस्पतालको सेवा सञ्चालनमा कठिन भइरहेको निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुँवरले बताए। जिल्लाका स्वास्थ्य संस्था सबैले नियमित तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयमा अद्यावधिक नगरेको हुँदा सङ्ख्या अझ थप हुन सक्ने अनुमान गरिएको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै गर्दा अन्यले पालो मिलाएर रातदिन उपचार गरेको बताउछन् । स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा अस्पताल नियमित सञ्चालनमा निकै असजिलो हुने गरेको उनको भनाइ थियो । स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ्मा उनीहरुसँग काम गर्ने अन्य स्वास्थ्यकर्मी पनि पर्ने हुँदा अस्पताल बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र रत्ननगर बकुलहर अस्पतालका प्रमुख डा विश्ववन्धु बगालेसमेत सङ्क्रमित भएपछि दुई अस्पताल निमित्तका भरमा चलिरहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: