बागलुङ । जिल्ला जलस्रोत समितिले बागलुङ बजारमा वितरण गरेको खानेपानीको गुणस्तर सुधार गर्नुपर्ने सुझावसहित अध्ययन अनुगमन प्रतिवेदन उच्च अदालतमा बुझाएको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा खानेपानीमा क्लोरिनको मात्रा बढी भएको, सरसफाई नपुगेको र मानव स्वास्थ्यप्रति गम्भीर नभएकोले आवश्यक सुझावसहित अदालतलाई लिखित जवाफ दिएको हो ।
दुई साताअघि उच्च अदालत पोखराको बागलुङ इजलासले जलश्रोत समिति र समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीका नाममा १० दिनभित्र अनुगमन प्रतिवेदन पेश गर्न आदेश दिएको थियो । खानेपानीको समस्या बढेको, हिलाम्मे पानी पाइपलाइनमा पठाइएको र लामो समयसम्म पानी विरतण नहुँदा स्थानीय बासिन्दाले टाढासम्म पुगेर पानी खेप्न बाध्य भएपछि अधिवक्ता रमेशबहादुर खड्काले नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाविरुद्ध रिट दायर गरेका थिए । उनले रिटमा संस्थासहित जलश्रोत समिति, अध्यक्ष प्रअिज, बागलुङ नगरपालिका र नगरप्रमुखलाई विपक्षी बताएका थिए ।
समितिले पेश गरेको प्रतिवेदनमा नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा प्राविधिक कर्मचारी नभएको, भएका अन्य कर्मचारी पनि दक्ष नभएकोले खानेपानीको संवेदनशिलता, खानेपानीको प्राविधिक तथा विशिष्ट अवस्थाबारे उपभोक्तालाई दिन नसकेको उल्लेख छ । स्वास्थय कार्यालयमार्फत गरिएको परीक्षणको क्रममा पनि अत्याधिक क्लोरिन भेटिएको थियो । साथै सोझै खोलाको पानी ल्याएर पाइपलाइनमा पठाइएको भनेपनि अनुगमनको क्रममा भने नदेखिएको बताइएको छ । केही समयअघि नालीको पानी सोझै वितरण गरेका भिडियो सार्वजनिकसमेत भएका थिए । रात्माटामा रहेको फिल्टर ट्यांकी तथा अन्य ट्यांकी सफा नगरिएकोले प्रदुषित पानी वितरण भएकोपनि अनुगमन टोलीले भेटाएको हो । प्रजिअ सुरेश न्यौपानेसहित सरोकारवाला र पत्रकारसमेतले अनुगमन गरेपछि उक्त प्रतिवेदन बनाइएको थियो ।
मर्मत र निर्माणका क्रममा गुणस्तर प्रमाणचिन्ह प्राप्त उपकरण प्रयोगमा ध्यान दिनुपर्ने पनि सुझाव दिइएको छ । साथै नियमित सफाइमा ध्यान दिन पनि भनिएको छ । स्लो स्याण्ड फिल्टरपछिको डिसइनफेक्सन च्याम्बरमा दैनिक पानी वितरण गर्नु आधा घण्टाअघि क्लोरिनेसन गर्नुपर्ने, म्याद नगुज्रेका पाउडर प्रयोग गर्नुपर्ने, दैनिक अनुगमन र नियमित प्रयोगशाला नियमित संचालन गर्नुपर्ने सुझाव दिइएको छ । प्रयोगशाला भएर पनि कर्मचारी भने नभएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । वैकल्पिक मुहानलाई स्थायी बनाउनुपर्ने तथा मध्यपहाडी लोकमार्गले क्षतविक्षत बनाएको तथा तत्काल सार्नुपर्ने स्थानको पाइपलाइनको बिकल्प खोज्नुपर्ने सुझाव पनि दिइएको हो । बागलुङ बजारमा रेशखोला, भुँदीखोला र रिठेखोलाको पानी ल्याइएको छ ।वर्षात्को कारण खसेको पहिरोले खानेपानीको १७ स्थानमा पाइपलाइन बगाएको थियो । यसअघि संस्थाले भने शुद्ध पानी खुवाउने प्रयास भैरहेको प्रतिवेदन बुझाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: