Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बागलुङका ४१ सडक स्तरोन्नति हुँदै

बागलुङ । बागलुङ जिल्लाका ४१ सडक स्तरोन्नति हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका तीन सडकसहित ती सडक स्तरोन्नति हुन लागेको हो । पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा रु ११ करोड ७६ लाखदेखि ४० लाखसम्म बजेट विनियोजन भएका सडकको स्तरोन्नतिको काम कार्यान्वयन गर्न थालेको हो । संघीय मन्त्रालय र स्थानीय तहले समेत सडक निर्माणको काम गरिरहेका छन् ।

प्रदेश सरकारको निर्णयअनुसार जिल्लामा कार्यालय स्थापना भएपछि एउटै योजनामा बजेट नदोहोरिने गरी सडकको स्तरोन्नति गर्ने प्रक्रिया कार्यालयले थालेको छ । यस वर्ष जिल्लामा सबैभन्दा धेरै बजेट कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकका लागि रु ११ करोड ७६ लाख विनियोजन भएको छ । सो सडक कालोपत्रे गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सबैभन्दा कम बजेट बागलुङ बजारका सरकारी कार्यालय आसपासका सडक स्तरोन्नतिमा हुनेछ । करीब रु ४० लाख खर्चेर यहाँका साना सडक व्यवस्थित बनाइने छ । गत आर्थिक वर्षसम्म प्रदेशका योजना पर्वतमा रहेको पूर्वाधार कार्यालयबाट कार्यान्वयन हुँदै आएका थिए ।

कठिन भूगोल रहेको जिल्लाका दूरदराजमा प्राविधिक जनशक्ति नपुग्ने र आपसी समन्वयको अभावमा योजनाहरुमा बजेट दोहोरिने गरेका गुनासासमेत आउने गरेका थिए । यही भदौ ८ मा स्थापना भएको कार्यालयले पहिलो चरणमा जिल्लाका सबै स्थानीय तहलाई प्रदेश सरकारले स्तरोन्नतिको काम गर्न थालेका सडकको विषयमा जानकारी गराएको छ । “एउटै योजनामा बजेट नदोहोरियोस् भन्ने हो सोहीअनुसार बोलपत्रमा जानु पूर्व स्थानीय तहहरुसँग जानकारी मागेका छौं”, कार्यालय प्रमुख शोभियत खड्काले भने,“अब प्रदेशका योजना कार्यान्वयनमा आउँदा डुब्लिकेशन हुँदैन ।”

जिल्लामा प्रदेश सरकारले सात मोटरेबल पुल निर्माण गर्दैछ । जिल्लाभर प्रदेश सरकारको लगानीमा २१ झोलुङ्गे पुल निर्माण हुँदैछन् । जिल्लामा प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयअन्र्तगत निर्माण हुने केही सडक भने नयाँ ट्रयाक हुन् । “साना तर नयाँ ट्रयाकका कामसमेत यो वर्ष पनि छन्” उनले भने “कोरोना प्रभावले बजेट तलमाथि नभए यो वर्ष प्रभाव देखिने गरी सडकका काम हुन्छन् ।” साना भए पनि प्रदेशअन्र्तगतका सडकका काम बोलपत्र प्रक्रियाबाट गर्नुपर्ने भएकाले कार्यान्वयनमा भने समय लाग्ने उनले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending