Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

धादिङका कृषक कोरोनाको बेवास्ता गर्दै मल किन्न लाइनमा

धादिङ । रासायनिक मलको अभाव भएको बेला मागको एक चौथाइ मल धादिङ ल्याएर वितरण शुरु गरिएको छ । नीलकण्ठ नगरपालिका–३ मा रहेकोे नीलकण्ठ बहुउद्देश्यीय सहकारी संस्थामा ४२० बोरा रासायनिक मल ल्याएर वितरण शुरु गरिएको सहकारीका सञ्चालक सीतारामप्रसाद बर्माले जानकारी दिएका छन् ।

एक महिनाअघिदेखि युरिया नामक रासायनिक मल अभाव खेपिरहेका किसान मल लिनका लागि सहकारीले मल वितरण गर्ने क्षेत्र अगाडि भीड लागेका थिए । कोरोना भाइरसको जोखिमको समय भएको बेला भए पनि ठूलो सङ्ख्यामा किसान र व्यापारी जम्मा भएर मल बिक्री गरिएको थियो ।

एकै स्थानमा धेरै मानिस भीडभाड गर्दा कोरोना सर्छ भन्ने डर भए पनि किसान धान फलाउने अभिलाषाले कोरोनाको डर नमानी मल लिन आएका थिए । मास्क नलगाई लाइनमा तीन÷चार घण्टा बसेका किसानले एक बोरा मल तीन जना किसानका लागि पाएपछि किसान मल लिएर घर फर्किएका छन् ।

मल लिन आएका आधाजसो किसानले मल नपाएपछि रित्तै घर फर्किन बाध्य भएको गुनासो गरेका छन् । निषेधाज्ञा लगाइएको बेलामा धेरै मानिस भीडभाड गरेर मल वितरण गरिएको भए पनि अत्यावश्यक किसानसम्म रासायनिक मल नपुगेको किसानको गुनासो छ । सीमित मात्रामा मल आएका कारण कतिपय किसान खाली हात फर्कनुपरेको थियो ।

प्रत्येक वर्ष खेतीपातीको याममा किसानले मलको अभाव खेप्दै आइरहेका छन् । धादिङमा यही अवधिमा तीन हजार ९०० मेट्रिक टन मल आवश्यक रहेको नेपाल खाद्य संस्थान गजुरीले जानकारी दिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending