वाग्मती । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । सिमेन्ट उत्पादनका लागि कच्चापदार्थ तथा जनशक्तिको अभाव नरहेका उल्लेख गर्दै अहिले पूर्ण क्षमतामा नभई आंशिकरुपमा अर्थात् प्रतिदिन नौ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको बताइएको छ ।
काठमाडौँ लगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको र निर्माणसम्बन्धी काम बन्द भएकाले उत्पादन गरिएका सिमेन्ट बिक्री वितरणमा समस्या रहेकाले तत्काल पूर्ण क्षमतामा सञ्चालन नहुने उनको भनाइ छ । कोइलाको मात्रा कम भएकाले आगामी दिनमा कोइलाको अभाव हुन नदिन त्यसको टेन्डरसमेत भइसकेको छ । विश्वव्यापी रुपमा कोरोना फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नेपालमा लकडाउन भएपछि सो उद्योग पनि बन्द भएको थियो तर त्यस अवधि २०७६र७७ मा उत्पादन गरिएका चार लाख बोरा सिमेन्ट उद्योग बन्द भए पनि बिक्री गरिएको थियो ।
गत वर्ष २०७६ सालमा वैशाखदेखि फागुनमा उद्योग मेसिनमा खराबी कारण पटकपटक उद्योग बन्द भएको थियो । जसका कारण लक्ष्यअनुरुप सिमेन्ट उत्पादन नभई उद्योग घाटामा गएको हो । मेसिन मर्मत र पुुरानो मेसिनले सञ्चालनमा धेरै रकम खर्च भएको बताइएको छ ।
उद्योगमा रहेका मेसिनहरु धेरै पुराना भएको कारण कार्य क्षमतामा ह्रास आएकाले उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्षमता विस्तार गर्ने लक्ष्यसमेत राखेको उद्योग प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०७२र७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग २०७५र७६ मा मेसिन खराबीका कारण लामो समय बन्द रहँदा घाटामा गएको बताइएको छ । आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टका उत्पादन लागत कम रहने र धेरै सिमेन्ट उत्पादन भई अन्य सिमेन्ट उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकिने त्यहाँका कर्मचारीहरुको भनाइ छ ।
दैनिक तीन हजार मेट्रिक टन क्षमता विस्तार गर्नका लागि उद्योग मन्त्रालयमा केही वर्ष अगाडि प्रस्तावसमेत पेश गरिसकेको उद्योगले जनाएको छ । २०४३ सालदेखि व्यावसायिक उत्पादन शुरु गरेको उद्योगका मेसिनहरु पुराना भएका कारण उत्पादन लागत धेरै भएको र उत्पादनमा ह्रास आएकाले उद्योग समस्यामा रहेको महाप्रबन्धक सिंहको भनाइ छ । उद्योगको सञ्चालक समितिको अध्यक्ष पदमा उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीलाई नियुक्ति गरेकोे छ । उनीबाट केही सुुधार हुन्छ भनी त्यहाँका कर्मचारीले आशा गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: