Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

भूकम्पको अवस्था बुझ्न प्रचण्ड गुजरातमा

३ साउन, काठमाडौं । भारत भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ गुजरात पुगेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ भूकम्पपछिको पुनर्निर्माणबारे जानकारी लिन उनी गुजरात पुगेका हुन् । प्रचण्ड दिल्लीबाट मुम्बई हुँदै शनिबार साँझ गुजरातको भुजमा गएका हुन् । सरकारी गेस्टहाउसमा बसेका प्रचण्डले गेस्टहाउसमै गुजरात सरकारका प्रतिनिधिबाट ‘भूकम्पअघिको भुज र भूकम्पपछिको भुज’को विषयमा पावरप्वाइन्टमार्फत जानकारी लिएका छन् । भुजमा विमानस्थलबाहिर स्थानीयले प्रचण्डलाई स्वागत गरेका थिए । ‘भव्य स्वागतपछि सीधै सुविधा गेस्टहाउसमा पुर्‍याइयो र यहाँका उच्च अधिकारीले अध्यक्षलाई पावरप्वाइन्टबाट भुजबारे ब्रिफिङ गर्नुभयो,’ प्रचण्डसँगै भ्रमणमा रहेका उनका सहयोगी शिव खकुरेलले टेलिफोनमा भने । प्रचण्डले आइतबार दिनभर गुजरातको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय भएको खकुरेलले जानकारी दिए । उनले भने, ‘दिनभर गुजरातको अध्ययन अवलोकन गरेपछि भोलि राति दिल्ली फर्कनुहुन्छ ।’ भारत भ्रमणमा जानुअघि प्रचण्डले भूकम्पपछिको पुनर्निर्माणबारे जानकारी लिन गुजरात जाने बताएका थिए । ‘भूकम्पपछि देशलाई पुनर्निर्माण गर्नु हाम्रो प्रमुख चुनौती हो,’ विमानस्थलमा पत्रकारसँग उनले भनेका थिए, ‘पुनर्निर्माणको कुरा गर्दा गुजरातको उदाहरण पटक–पटक आउने गर्छ । गुजरातको स्थलगत अवलोकन गर्ने र नेपालका लागि सान्दर्भिक भए केही सिक्ने मेरो योजना छ ।’ प्रचण्डले गुजरात भ्रमणबारे शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गरेका थिए । मोदीले नै गुजरातको पुनर्निर्माण गरेका थिए । भुजलाई केन्द्रबिन्दु बनाएर सन् २००१ मा गुजरातमा भूकम्प गएको थियो । २६ जनवरी २००१ मा गुजरातमा ७.९ रेक्टर स्केलको विनाशकारी भूकम्प जाँदा २० हजार मानिसले ज्यान गुमाएका थिए । डेढ लाख मानिस घाइते भएका थिए । दशौँ लाख मानिसलाई घरबारविहीन बनाएको सो भूकम्पले आठ हजार गाउँ ध्वस्त पारेको थियो । भूकम्पपछिको पुनर्निर्माण अभियानले एक दशकमा गुजरातले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गरेको थियो । भूकम्प जाँदा गुजरातमा केशुभाइ पटेल मुख्यमन्त्री थिए । भूकम्पपछि भारतीय जनता पार्टीबाट नरेन्द्र मोदी मुख्यमन्त्री भएका थिए । मोदी सरकारले गुजरातमा पाँच सय दिनमा आठ लाख ७६ हजार ६ सय १८ वटा घर निर्माण गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending