काठमाडौँ । आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवले भने, “हामीले भान्छामा प्रयोग गर्दै आएका सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध लड्न सहयोग पुग्छ ।”
डा यादवका अनुसार जडिबुटीको प्रयोगले कोरोनाबाट बच्न सकिन्छ । विशेष गरी उमेर पुगेका पाका ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई कोरोनाको जोखिम बढी हुने भएकाले गुर्जोको सेवन अमृत समान हुन्छ । गुर्जो ज्येष्ठ नागरिकमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । “गुर्जो तीतो हुने हुँदा यसलाई सेवन गर्दा रक्तचाप घट्छ भन्ने आम धारणा छ, तर त्यो गलत हो”– डा यादवले थपे, “यसले उच्च रक्तचाप बढाउने वा घटाउने अनि मधुमेहलाई बढाउने कुनै पनि गर्दैन, रक्तचाप सही राख्न र मधुमेहका लागि उपयोगी छ ।”
कोरोना सङ्क्रमण हुँदा श्वासप्रश्वासमा अप्ठेरो पर्ने भएकाले यस्तो समस्या हुनै नदिन असुरोको पातको काँडा बनाएर सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्ने उनको अध्ययनले बताउँछ । “कोरोना पोजेटिभ देखिएका बिरामीसँग भौतिक दुरी कायम राखे हो, तर भावनात्मक दुरी नजिक हुनुपर्छ”, डा यादवले भने, “सङ्क्रमितलाई ढाडस र साहस प्रदान गरेर बिरामीको सँधै मनोबल उच्च राख्नुपर्छ ।” उहाँको रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुने हुँदा फ्रिजमा राखेको खानेकुरा नखाने, सकेसम्म ताजा बनाएर खाने बानी बसाल्ने, भान्छा प्रयोग हुने ७० प्रतिसतभन्दा बढी मसलामा औषधिजन्य गुण हुने भएकाले त्यसको प्रयोग गर्नेआदि गर्नुपर्ने उनको सुझाव छ ।
कोरोना महामारीपछि स्यानिटाइजरको प्रयोग ब्यापक बनेको छ । तर, घर र कार्यालय जहाँ साबुन पानी पाइन्छ । त्यस्ता ठाउँमा स्यानिटाइजर प्रयोग गर्नुभन्दा सकेसम्म साबुन पानीले हात धुने बानी बसाल्नु उपयुक्त हुने डा यादवको सुझाव छ । क्रियाशील पत्रकार महिला ९डब्लुडब्लुजे०ले बेलायतको बर्नमाउथ विश्वविद्यालयको सहयोगमा आयोजना गरेको कार्यक्रममा डा यादवले आयुर्वेद वैज्ञानिक विधि भएको र त्यसको प्रयोग गर्नु उपयुक्त हुने बताए ।
डा यादवका अनुसार हालसम्म कीर्तिपुर अस्पतालमा २९६ जना बिरामी आएकामा २०९ जनाको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका बिरामीलाई पुनः एक सातापछि अर्को परीक्षण गराउने गरिएको छ । त्यसमध्ये ठीक भएर नेगेटिभ रिपोर्ट आएर १८४ जना घर फर्किसकेका छन् । डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले आयुर्वेदको प्रयोगले चीनमा पनि कोरोना नियन्त्रणमा ठूलो भूमिका निभाएकाले नेपालमा पनि यसको प्रयोग गरी फाइदा लिन सकिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको सुनाए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: