Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

जुम्ला । कोरोना भाइरस रोकथामका लागि जुम्ला प्रशासनले यहाकाँ आठवटै स्थानीय तहमा निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी भएतापनि यहाँका किसानलाई स्याउ बगौंचामा स्याउ टिप्न चटारो परेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रमेराज पाण्डेले बताए ।

उनले भने “यस याममा जुम्ली किसानको उत्पादन स्याउ सुर्खेत नेपालगन्ज र यहाँको स्थानीय बजारमा पुगेर सानो पसलदेखि ठूला पसलसम्म जुम्ली स्याउ भरीभराउ हुन्थ्यो ।” कोभिडले स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा जारीले स्याउ कसरी कहा“ बिक्री गर्न समस्या भएको चन्दननाथ नगरपालिका–८ स्याउ किसान लक्ष्मी देवकाटा गुनासो गरे ।

कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न शुरु गरेको जनाएका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जुम्लामा १० हजार मेट्रिक टन स्याउ फल्ने पूर्वानुमान गरिएकामा पाँच हजार एक सय मेट्रिक टन मात्र स्याउ फल्ने अनुमान गरिएको छ । स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटा हुने भएको छ ।

जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाले बताए । उनले भन, “असिनाका कारण समेत केही प्रभाव पा¥यो, केही स्थानमा एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने भएपछि यस्तो समस्या आएको हो ।”

जुम्ली स्याउ भदौ दोस्रो सातापछि मात्र पूर्णरुपमा पाकेर बजारमा लैजान योग्य हुने भएतापनि किसान हतारिएका छन् । कार्यालयका अनुसार यहाँको तिला गाउँपालिका र तातोपानी गाउँपालिकाबाट झण्डै ६० देखि ७० टनसम्म स्याउ बजारसम्म पुगिसकेको छ । कृषि विकास कार्यालयले एक महिनाअघि भदौ १० भन्दा अघि स्याउ नटिप्न आग्रह गरेको भएपनि यहाँका स्थानीय तहले जथाभावी सिफारिस दिँदा बजारमा काँचो स्याउ गएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending