Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध छ – मुख्यमन्त्री

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाबीच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो धारणा राख्नुभएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले पहिरोग्रस्त सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आफू पुगेको र त्यस क्षेत्रको स्थिति अत्यन्तै दयनीय रहेको बताएका थिए । पौडेलले लिदीको जमिन सबैतिर धुजाधुजा भएर फाटेको र चर्केकाले पाल टाँग्नेसमेत ठाउँको अभाव रहेको बताएका थिए । उनले त्यहाँको बस्ती स्थानान्तरणको विकल्प नरहेको भन्दै यसका लागि प्रदेश सरकारसँगै सङ्घीय र स्थानीय सरकारको पनि समन्वय र सहकार्य जरुरी रहेको स्पष्ट पारेका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले बस्ती स्थानान्तरण गर्दा रोजगारीसमेत व्यवस्था हुने गरी गरिनुपर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताएका थिए । सिन्धुपाल्चोक जिल्लामा तीनै तहबाट जाने बजेटमा बस्ती स्थानान्तरणका लागि निश्चित बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजानुपर्ने पौडेलको भनाइ थियो । छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सङ्घीय सरकारका पूर्वमन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending