सप्तरी । उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उनकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बनेका हुन् । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन ।
कुटपिट गर्ने आरोपितले खर्च नतिर्दा र अस्पतालले खर्च नलिई घर फर्किन नदिँदा सदा दम्पती अस्पतालमा रोकिएको हो । शिवचन्द्रका भाइ पवनले आज प्रदेश नं २ का मुख्यमन्त्री, मानव अधिकार आयोग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई न्याय तथा उपचार खर्चका लागि गुहारेका छन् । दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाइनमार्फत उजुरी गरिएको मञ्चका भोला पासवानले बताए ।
वर्षाको समयमा दीना साहले बगाएको घरको पानीले सदाको झुपडी डुबानमा परेपछि आफूहरुले जथाभावी माटो काट्ने काम नगर्न अनुरोध गर्दा साह परिवारले कुटपिट गरेर घाइते बनाएको शिवचन्द्रले बताए । कुटपिटबाट घाइते सदा दम्पती उपचारका लागि शुरुमा स्थानीय क्लिनिक पुग्यो । स्थानीय क्लिनिकले अस्पताल लैजान सुझाएपछि उनीहरु थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना भए । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित साहलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । तीन सातापछि गत साउन ३२ गते जिल्ला सरकारी वकिलको कार्यालयको पत्रानुसार साह रिहा भए ।
उपचार खर्च आरोपितले व्योहोर्ने आशामा बसेका भूमिहीन र गरिब सदा दम्पतीले खर्च भर्न नसक्दा अस्पतालले रोकेर राखेको छ । शिवचन्द्रका अनुसार अस्पतालले उनीहरुलाई बाहिर निक्लिन नदिन सुरक्षा गार्ड खटाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पीडित पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकाले आरोपितबाट उपचार खर्च तिराउन समस्या भएको बताए । प्रहरीले बिल ल्याउन भने पनि अस्पतालले पैसा नतिरी बिल दिन नसकिने जनाउँदै आएको छ ।
दलित अगुवा बलराम सदाले धेरै आग्रह गरेपछि अस्पताल प्रशासनबाट लेटरप्याडमा साउन ३२ गतेसम्ममा औषधिबाहेक रु एक लाख २५ हजार ८०० खर्च भएको लेखेर दिएको जानकारी दिए । अस्पतालमा बसेको दिन थपिँदै जाँदा खर्च पनि थपिँदै जाने अस्पतालका प्रबन्धक ज्याउल हकले बताए । हकले भने, “उपचार गर्दासम्म हामीले पैसा मागेनौँ, अब उपचारपछि भएको खर्च त दिनुपर्यो ।”
आरोपितले खर्च नतिरेपछि अस्पतालबाट बाहिर निक्लिन नपाएर चिन्तित बनेकी मलियादेवीले रुँदै भनिन्, “यता हामी बन्धक भयौँ, उता घरमा तीन नाबालक छोराको बिजोग छ, उनीहरु खान नपाएर भोकै हामीलाई पर्खेर बसेका होलान् ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: