Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

कर्णालीमा लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन

कर्णाली । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन गरेको छ । गत वर्षका लागि रु २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा उक्त अवधिमा करिब रु डेढ करोड कम राजस्व सङ्कलन भएको हो । गत आर्थिक वर्षमा रु २३ करोड ४४ लाख राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

“कोभिड— १९ को असरका कारण आर्थिक वर्ष २०७६/७७ मा राजस्व सङ्कलन प्रभावित भएकाले कम राजस्व सङ्कलन भएको छ”, मन्त्रालयका सचिव घनश्याम उपाध्यायले भने, “राजस्व अनुमान गरेभन्दा कम उठ्नुका प्रमुख कारण अन्तिम चौमासिकमा गरिएको बन्दाबन्दी (लकडाउन) नै हो ।” उनले भने, “राजस्व सङ्कलन हुने मुख्य समय भनेकै अन्तिम चौमासिक हो, त्यही समयमा लकडाउन भयो, जसले गर्दा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ।”

लकडाउनका साथै राजस्व न्यून सङ्कलन हुनुमा आन्तरिक आम्दानीको स्रोतमा कमी र स्थानीय तहले प्रदेशलाई राजस्व नबुझाउनुलाई पनि कारण मानिएको छ । यहाँका स्थानीय तहले प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत राजस्व दिने गरेका छैनन् । प्रदेशमा व्यवसाय रजिष्ट्रेशन दस्तुर तथा व्यवसाय कर, सवारी साधन कर, वनक्षेत्रको आय, प्रशासनिक दण्ड जरिवाना र जफत जस्ता शीर्षकबाट राजस्व सङ्कलन गर्ने गरिएको छ । प्रदेश सरकारले चालू आवमा भने २० प्रतिशत राजस्व सङ्कलन वृद्धि गर्ने लक्ष्य लिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending