Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम हटेको छैन : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने वा घाम लाग्दा पनि सुक्खा स्थानमा पहिरो खस्न सक्ने भएकाले सचेत हुनुपर्ने विभागले जनाएको छ ।

विभागका मौसमविद् शान्ति कँडेलले सातै प्रदेशमा मौसम सामान्य बदली रहेको र बिहान खुलेजस्तो देखिए पनि दिउँसो साँझमा कतिपय स्थानमा हल्कादेखि मध्यम पानी पर्ने र केही स्थानमा छोटो समयमा भारी वर्षा हुने जानकारी दिए ।

अछाममा केही दिन अघि आएको बाढीले ठुला जनधनको क्षति पु¥याउँदा अन्य क्षेत्रमा घाम लागिरहेको उल्लेख गर्दै कँडेलले अन्य क्षेत्रमा खुला देखिए पनि केही क्षेत्रमा ठुलो पानी परेर जोखिम बढाउन सक्ने बताए । उनका अनुसार अहिले मौसम पूर्ण सक्रिय भने छैन । यो समयमा लगातार झरी पनि पर्ने छैन ।

वर्षा गराउने न्यून चापीय रेखा अहिले औसतभन्दा तल रहेको उल्लेख गर्दै उहाँले बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा आएकाले मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । आज दिउँसो पनि सिन्धुली, दोलखा, दाङ तथा सुदूरपश्चिमका केही क्षेत्रमा पानी परेको उनले बताए ।

विभागका अनुसार आगामी २४ घण्टामा प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल वा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी तीन दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending