Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कम्पनी र वनका पदाधिकारी बीचको मिलेमतोमा वन फडानी

अमरगढी । सडक निर्माण कम्पनी र सामुदायिक वनका पदाधिकारी बीचको मिलेमतोमा सालको रुख फडानी गरिएको पाइएको छ । जिल्लाको भित्री मधेश क्षेत्र आलितालमा निर्माणाधीन डोला चक्रपथ क्षेत्रमा ती जातका रुख फडानी भएको हो । आलिताल गाउँपालिका–८ अन्तर्गत गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडक निर्माण क्रममा सामुदायिक वनक्षेत्रमा रहेका रुख काटिएका हुन् ।

आलितालको समपुरक कोष अन्तर्गत सकड निर्माण सुरु गरिएको हो । सडकमा रहेका रुख वन कार्यालयको अनुमति विना कटानी गरी गोलिया बनाइ लुकाइ राखेको अवस्थामा फेला पारेका छन् । सडक निर्माण गरिँदा रुख कटानको अनुमति नै नहुँदा सालका रुख कटान गरिएको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए । एक सय १० गोलिया थानको करिव ७०० क्यूफिट काठ वरामद गरिएको छ । बाँकी काठको खोजी भइरहेको उनले जानकारी दिए । केही रुख ढलेको अवस्थामा पाइएका छन् । सडक निर्माणका क्रममा सो वन क्षेत्रमा करिव दुई हजार क्युफिट भन्दा बढी काठ काटिएको हुन सक्ने आशंका गरिएको छ ।

काठका गोलिया सम्याउदै गरिरहेको अवस्था मै रजनी सामुदायिक वनका अध्यक्ष गोपालसिंह धामी र स्थानीय श्याम दासलाई कार्यालयको टोलीले पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा लिइ अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

काठ काटिएको सामुदायिक वनबाट काठ निकासी भए नभएको बारेमा अहिले नै भन्न नसकिने उनको भनाइ छ । काठ कटानीका बारेमा छानविन गर्न अनुसन्धान अधिकृत तोकि सकिएको छ । अबको केही दिनमा सत्यतथ्य पत्ता लाग्ने समेत बताइएको छ ।

सडक निर्माणका क्रममा व्यापक वन फडानी हुँदासम्म सम्बन्धित साुमदायिक वनले समेत नरोकेको पाइएको छ । यसले सामुदायिक वन र सव डिभिजन वन कार्यालयको पनि मिलेमतो हुन सक्ने आशंका गरिएको छ । सडक निर्माणका क्रममा गत अषाढ महिना पहिले नै रुख काटिएको स्रोतले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending