Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

डोटी जिल्लामा पिसिआर गर्ने प्रयोगशाला सञ्चालनमा

डोटी । डोटी जिल्ला अस्पतालमा कोभिड–१९ परीक्षण गर्न पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यसले अछाम, बाजुरा तथा डोटीका नागरिकको स्वाब परीक्षणमा सहज बनाएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कूल रु एक करोड ५० लाखको लागतमा प्रयोगशाला सञ्चालनमा ल्याइएकोे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । प्रयोगशालाले एक पटकमा कम्तीमा ३०० को स्वाब परीक्षण गर्ने लक्ष्यअनुसार काम भइरहेको बायोमेडिकल इञ्जिनीयर जय साउँदले बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज यहाँ प्रयोगशालाको शुभारम्भ गर्दै कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सरकारले अग्रगामी भूमिका निर्वाह गरेको बताए । उनले भने, “कोरोना नियन्त्रण तथा रोकथाममा अन्य प्रदेशभन्दा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि छ, सरकारको उल्लेख्य भूमिकाले समुदायमा कोरोना फैलिन दिएका छैनौँ ।”

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच बनाउनका लागि प्रदेश सरकारले विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयन गरिराखेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले यहाँका नौवटै जिल्लामा हरेका जिल्ला अस्पतालमा दुई÷दुई वटा भेन्टिलेटर निकट भविष्यमै निर्माण गर्ने योजनाअनुसार काम अगाडि बढेको छ । उनले भने, “गम्भीर प्रकृतिबाहेक अन्य रोगका बिरामीलाई प्रदेश बाहिर उपचारका लागि धाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ, प्रदेशमै स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउँदै छौँ ।”

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुमा सङ्घीय सरकार दोषी रहेको मुख्यमन्त्री भट्टले आरोप लगाए । “प्रदेश सरकारले भनेको कुरो सङ्घीय सरकारले नमान्दा सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको हो”, उनले भने, “सुदूरपश्चिममा कोरोना सङ्क्रमित थपिनुमा सङ्घीय सरकार दोषी छ ।”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE