Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पिच गरिएको सडक तीन दिनमै उप्कियो

\"kalopatre\"२ साउन, काठमाडौं । बजेट सक्न हतारमा गरिएको कालोपत्रे तीन दिनमै उप्किएको छ । जनआन्दोलनका सहिद वासुदेव घिमिरेको स्मृतिमा कलंकीको बाबा पेट्रोल पम्पदेखि कीर्तिपुर जोड्ने सडकको नाम वासु स्मृति सडक राखिएको थियो । तर, गाडी गुड्ने गरी सरकारी बजेट प्रयोग गरेर कालोपत्रे गरिएको सडक तीन दिनमा हिँड्नसमेत गाह्रो हुने गरी बगरमा परिणत भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ सो सडकमा २७ र २८ असारमा कालोपत्रे गरिएको थियो । दुई दिनपछि परेको पानीले सडकको कालोपत्रे सबै बगाएको स्थानीय बासिन्दाले बताएका छन् । सडक विभागले वासु स्मृति मार्गमा कालोपत्रे गर्न जय दुर्गा कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । आर्थिक वर्ष ०७१र७२ को अन्त्यमा बजेट सक्न गुणस्तरहीन काम भएको हो । स्थानीयले कालोपत्रे गर्नुअघि सडकमा आवश्यक ग्राभेल राख्न तथा पानीको निकास बनाउन आग्रह गरेका थिए । तर, ठेकेदार कम्पनीले जबर्जस्ती कालोपत्रे गर्न लागेपछि स्थानीयले अवरोधसमेत गर्न खोजेका थिए । तर, ठेकेदार कम्पनीले जबर्जस्ती कालोपत्रे गरेको थियो । ‘ग्राभेलसहितको आवश्यक मर्मतपछि मात्र कालोपत्रे गर्न भन्यौँ । तर, ठेकेदार कम्पनीले अटेर गर्‍यो । हामीले अवरोध नै गर्न खोज्यौँ । उल्टै ठेकेदार कम्पनीले दबाब दियो,’ स्थानीय रामचन्द्र अधिकारीले भने, ‘अन्ततः ठेकेदारका सामु स्थानीयको केही चलेन, कालोपत्रे गरिछाडे । अहिले गुणस्तरहीन कालोपत्रे कुचोले बढारेजस्तै पानीले बगाएर एक ठाउँमा गएर थुप्रिएको छ ।’ स्थानीयका अनुसार वासु स्मृति मार्ग कलंकी चोक–कीर्तिपुर जोड्ने सबैभन्दा छोटो सडक हो । सडकको तीन सय मिटर भागमा कालोपत्रे गरिएको थियो । तर, अहिले सडकमा खोल्सो परेको छ भने सडकको विभिन्न ठाउँमा आहाल छ । कालोपत्रे सोहोरिएर सडकको होचो भागमा थुप्रिएको छ । सडक अग्लो–होचोसमेत भएको छ । ‘एक इन्च पनि कालोपत्रे छैन । बिस्कुन छरेजस्तै सडकमा कालोपत्रे छरेर दायाँबायाँ मिलाएर ठेकेदार गए । राम्रोसँग रोलरसमेत लगाइएन,’ स्थानीय कमल गिरीले उप्किएको कालोपत्रे देखाउँदै भने, ‘यस्तो सडक नभत्किए कस्तो भत्किन्छ ? ठेकेदारलाई कारबाही गर्नुपर्छ । सरकार कहाँ छ ?’ ०६२र६३ का सहिद वासुदेव घिमिरेको स्मृतिमा कलंकी बाबा पेट्रोलपम्पदेखि कीर्तिपुर जोड्ने सो सडकको नाम वासु स्मृति मार्ग राखिएको थियो । सडक विभागले पानी जाने उपयुक्त स्थान नभएकाले कालोपत्रे उप्किएको दाबी गरेको छ । ‘पानी जाने उपयुक्त ठाउँ छैन । ढल खन्ने जग्गाको पनि अभाव छ । पानी सडकमै बग्नुपर्ने अवस्था छ । यही भएर उप्किएको हुनसक्छ,’ विभागका प्रवक्ता उमेश झाले भने, ‘यो हाम्रो रनिङ ठेक्का हो । अरू काम हुँदै छ । उप्किएको ठाउँ टालिन्छ । ठेक्का पनि त्यति ठूलो परिमाणको होइन । सम्बन्धित निकायलाई पनि भनिसकिएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending