Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

ज्यामिरेमा अस्थायी प्रहरीचौकी स्थापना

परासी । सवारी दुर्घटना न्यूनीकरण, शान्तिसुरक्षा कायम तथा अपराध नियन्त्रण गर्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुनवल नगरपालिका–७ ज्यामिरेमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय तथा प्रहरी प्रधान कार्यालयको स्वीकृतिमा जिल्ला प्रहरी कार्यालय परासीले सुनवल नगरपालिकाको सहयोगमा प्रहरीचौकी स्थापना गरेको हो ।

स्थानीयवासीको लामो समयदेखिको माग र पहलबाट स्थापित प्रहरीचौकीको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा र उपप्रमुख दधिराम अर्याल तथा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले आज संयुक्त रुपमा उद्घाटन गरे ।

रुपन्देहीको सिमानासँग जोडिएको र पूर्वपश्चिम राजमार्गमा पर्ने ज्यामिरे चोक सुरक्षाको हिसाबले संवेदनशील रहेकाले स्थानीयवासीको माग तथा प्रहरीको सहज पहुँचबाट समेत टाढाको क्षेत्रमा चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले राससलाई जानकारी दिए ।

नाइट भिजन सिसिटिभीसमेत जडान गरी स्थापित चौकीका माध्यमबाट शान्तिसुरक्षा र अमनचयन कायम गर्न स्थानीयवासीको पूर्ण सहयोग र समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

ज्यामिरेबाट देवदहताल हुँदै रामग्राम स्तूप जोड्ने, भारतीय सीमा नाकाबाट चोरी तस्करी गरी यसै क्षेत्रको प्रयोग गर्ने र विगतमा ठूला सडक दुर्घटना हुने गरेकाले पनि यहाँ चौकीको अनिवार्य आवश्यकता महसुस गरिएको नगर उपप्रमुख अर्यालले बताए ।

प्रमुख जिल्ला अधिकारी पाठकले प्रहरी र नागरिकको साझेदारीमा मात्रै शान्तिसुरक्षा कायम गर्न सकिने बताए ।

सुनवल नगरपालिकाको सहयोगमा हाललाई तीनकोठे भवन निर्माण गरिएको छ । उक्त चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा दुई ट्राफिकसहित नौ प्रहरी कर्मचारी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies