बाजुरा । बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकालाई चारैतिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्किल परेको छ ।
स्थान्तरण गर्न भइरहेको ढिलाइका कारण विस्थापितले खुला चौर, सडकमा बास बस्नुपर्ने बाध्यता छ । गौमूलदेखि बडिमालिका नगरपालिका, २ घागर माझिागाउँ र ४ रिला क्षेत्रसम्म करिब २०० बढी परिवार विस्थापित बनेका छन् भने १०० बढीले घर परिवार, जग्गा जमिन सबै गुमाएको जिल्ला प्रहरी कार्यालय बाजुरासँग तथ्याङ्क रहेको छ ।
बाढीले बस्ने घर र खाने जमिन बगाएपछि पाल टाँगेर बसेका विस्थापितले पहिरो नजिकै बास बस्नुपर्ने बाध्यता रहेको बडिमालिका नगरपालिका–२ घागरका करविर नाथको दुखेसो छ । चारैतिरबाट पहिरो बग्ने गरे पनि ओलेनाका १३ परिवार साँफे मार्तडी सडकको बीचमा पाल टाँगेर बास बस्ने गरे पनि सुरक्षित नभएको गुनोसो त्यहाँका स्थानीयको गुनासो छ ।
पहिरो बगिरहेकै स्थान भए पनि अर्को विकल्प नहुँदा आलेनावासी पाल टाँगेर सडकमा बस्नुपर्ने बाध्यता रहेको बडिमालिका ४ का वडाध्यक्ष सुरेन्द्र नाथले बताए । समस्या बडिमालिका २ घागर र भौनेरा, वडा नं ४ ओलेना, तिपाडा र रिला, ६ विरेखोला, पानीनाउला, जडाङ्गा, ८ रापक क्षेत्रलगायत बस्ती बाढी र पहिरोबाट प्रत्यक्ष प्रभावित मात्र छैनन्, पूर्ण विस्थापितको खतरामा रहेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताए ।
बालबालिका र महिला तथा वृद्धवृद्धा विचल्लीमा छन् भने घर खेत गुमाएका चिन्ताले नै निराश देखिएका छन् । तत्काल अर्को स्थानमा सार्न सक्ने अवस्था नहुँदा विस्थापित झनै जोखिममा छन् । रात दिन बाढी पहिरो बग्ने क्षेत्रकै छेउमा पाल टाँगेर बस्नुपर्दा उनीहरुले असुरक्षित महसुस गरिरहेका छन् । हालसम्म ३६ परिवारका बस्ने घरसहित भत्किएर पूर्ण विस्थापित छन् भने बाढीकै कारण बडिमालिका नगरपालिका क्षेत्रका १५० बढी परिवार विस्थापित बनेको बडिमालिका नगरपालिकाका प्रमुख बडुवालको भनाइ छ ।
नगर उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत रंगमल विकसहितको टोलीले बुधबार मात्र विस्थापित क्षेत्रको अनुगमन गरेका छन् । नगरपालिकाका तर्फबाट हालसम्म पालसहित प्रतिपरिवारलाई तत्कालका लागि राहत पनि दिएको बताएको छ । १३ परिवार आलेना, सात परिवार तिपाडा, २५ परिवार रिला, छ परिवार जडाङ्गा १६ परिवार घागरका विस्थापितलाई राहतस्वरुप चालम, तेल, नुन र दाल उपलब्ध गराएको छ । घर पूर्णरुपमा बगाएको वा विस्थापित गरेको परिवारलाई प्रतिपरिवार ५० केजी चामल दुई केजी दाल, दुई पोका तेल र दुई पोका नुन उपलब्ध गराइएको बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले जानकारी दिए ।
केन्द्रमा राजनीतिक दलका नेता तथा सांसद, नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समितिसहित सहयोगी दाता सबैको पहल जारी रहे पनि बास र गाँसको ग्यारेन्टी नगरिएको गुनासो विस्थापितको छ । शरीरमा लगाउने कपडासमेत नभएको अवस्थामा र दिनरात पानीको झरीमा बस्नुपर्ने बाध्यतालाई राज्यले बुझी दिनुपर्ने माग उनीहरुको छ । बाढी र पहिरोको बीचमा रात बिताउनु पर्दा डरले जागराम बस्नुपर्ने बाध्यता रहेको बाढीबाट विस्थापित कमल नाथले बताएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: