Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

जलमग्न भयो धनगढी

धनगढी । गएराति देखिको लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न भएका छन् ।

धनगढीको विशालनगर, मिलनचोकलगायत बस्ती, २ को मालिका टोल, कृष्णनगर, सरस्वती टोल, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्ती, ४ को उत्तरबेहडी र शिवनगरलगायत बस्ती जलमग्न भएका ह्ुन् ।

भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्ने अवस्थासम्म नभएको धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी दिजराज अवस्थीले बताए। उनले भने, “अव्यवस्थित तथा पुराना नालीका कारण अलि बढी पानी परेपछि निकासा हुन नसकेर हरेक वर्ष बर्सातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।”

पानी निकासा हुने गरेका जमानादेखिका खोला, नालाहरु अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्ती डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । कतिपयले ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती अक्सर डुबानमा पर्ने गरेको औँल्याएका छन् । डुबानबाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलहरुको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।

धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष बलबहादुर ऐरले सोही वडाको गुरुद्वारादेखि मिलनचोकसम्मको बेल्ट हरेक वर्ष बर्सातका समयमा डुबानमा पर्ने गरेको बताए । उनले वडामा आएको बजेटले समस्याको समाधान गर्न सम्भव नभएकाले प्रत्येक वर्ष निरन्तर रुपमा प्रदेश, स्थानीय र सङ्घीय सरकारलाई वडाको ढल निकासका लागि योजना बनाई पठाएको तर त्यो कार्यान्वयन हुन नसकेको बताउनुभयो । पुराना खोलानाला मासिँदै गएकाले हरेक वर्ष डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष नरबहादुर बमको भनाइ छ ।

निरन्तर वर्षाले यहाँ बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडकसमेत जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । स्थानीयका धानबाली डुबानमा परी जलमग्न भई तलाउमा परिणत भएका छन् ।

त्यस्तै धनगढीमा निर्माणाधीन अवस्थामा रहेको छलेन सडक र अर्कोतिर रिङरोड निर्माणसँगै पानीको उचित निकासको व्यस्थापन हुन नसकेका कारण पनि थप समस्या निम्तिएको छ । उपमहानगरभित्र भएका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुबानको समस्या बर्सेनी दोहोरिने क्रम बढ्दै गएको छ ।

यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्ती जलमग्न हुनाका साथै दर्जनौँ बढी घर तथा पसल डुबानमा परेको थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending