दार्चुला । घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर उनका दुई छोरा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भएको थियो । छोराको मृत्युपछि दमाई परिवार अहिले बिचल्लीमा छ ।
घरको ऋण तिर्न भन्दै दिदी घरमा सिलाइ गर्न उनीहरु शङ्करपुर पस्ती गएका थिए तर उनीहरुले काम गर्ने ठाउँमा पहिरो आएपछि दुवै जना त्यही पहिरामा पुरिएर ज्यान गुमाए । उनीहरुको घर बनाउँदा परेको रु दुई लाख ५० हजार ऋण तिर्न बाँकी थियो । जनता आवास कार्यक्रमले घर नभएका विपन्न दलित परिवारलाई घर बनाउन शुरु गरेको थियो । जनता आवास कार्यक्रममार्फत आएको रु एक लाख ८० हजारबाट घर निर्माण हुन सकेन । पूरै निर्माण गर्न गाउँबाट ऋण निकाले ।
घरको ऋण तिर्ने चिन्ता भएपछि उनीहरु सिलाइ व्यवसाय गर्न मालिकार्जुन गाउँपालिकाको पस्ती गएका थिए तर त्यही पहिराले घरको ऋण तिर्ने सपना अधुरै रह्यो । “छोराको पहिरामा पुरिएर मृत्यु भएको खबरलगत्तै उनीहरुकी आमा ५७ वर्षीया भुरा दमाईले मर्न खोजीन । आफैँले ढुङ्गाले हानेर टाउको फुटाइन । जेनतेन उनलाइृ बचाउन सकिएको छ”, स्थानीयवासी अनिल परिवारले भने, “मान्छेले देखेपछि उनलाई जोगाइहाले ।”
स्व अर्जुनकी २२ वर्षीया श्रीमती कलावती अझै अचेत अवस्थामा हुनुहुन्छ । घरमा न कोही बोल्छन्, न हाँस्न सक्छन् । मानसिकरूपमा कमजोर हुँदै गएका छन् । कलावतीका दुई छोरी साढे चार वर्षकी प्रियङ्का र दुई वर्षकी मौसमी छन् । घरमा सानो दमाईकी कान्छी छोरी १२ वर्षीया सञ्जु छिन् । घरको सहारा तथा कमाउने मान्छे नभएपछि दमाई परिवार अहिले कसरी बाँच्ने भन्ने चिन्तामा छ । “घरमा साहस दिने मान्छे नै भएनन्”, अनिलले भने, “पूरै परिवार अचेत जस्तै छ । बूढेसकाल लागेका बूढाबूढीले नातिनीहरु पाल्नुपर्ने अवस्था छ ।”
सानोकी छोरी कक्षा ७ मा पढ्दैछिन् । नातिनीहरु पनि पढ्ने उमेर हुँदैछ तर पढाउने कसरी, घरको ऋण कसरी तिर्ने चिन्ताले पूरै परिवार शोकमा डुबेको छ । “घरमा पुगेपछि के खाने भन्ने छ, उनीहरुको दयनीय अवस्था देखेरै गाउँका युवाबाट सहयोग सङ्कलन अभियान चलाएका छौँ”, अनिलले भने । अनिलका अनुसार ४०/४५ हजार रुपैयाँ सङ्कलन भएको छ । युट्युबमार्फत अभियान चालिएको छ । अहिलेसम्म स्थानीय सरकारले उनीहरुलाई सहयोग गर्नेतर्फ चासो नदिएको उनको गुनासो छ । “घरमा कमाउने मान्छे नभएपछिको पीडा देखेका छौँ, मालिकार्जुन गाउँपालिकाले किरिया खर्च उपलब्ध गरायो तर लेकम गाउँपालिकाले दमाई परिवारलाई सहयोग गरेको छैन”, उनले भने ।
अर्जुनकी आमा भुरा र श्रीमती कलावतीको अवस्था नाजुक बन्दै गएको छ । घरमा सानो दमाई मात्रै मान्छेसँग बोल्छन् । पूरै घर अन्धकार भएजस्तो देखिन्छ । “छोरीले बुबा खोज्छन्”, सानो दमाईले भने, “कसलाई बुबा भन्नु ? बुहारी बोल्दिनन्, मानसिक अवस्था नराम्रो हुँदै गएको छ । घरमा सम्झाउने कसले ? मेरै श्रीमती ‘छोरा मरे, कोख रित्तो भयो’ भन्दै मर्न खोजी । बल्लतल्ल बचाइयो ।” घरमा परेको अप्ठ्याराका कारण काम गर्न साहस नआएको उनले बताए । “ऋण तिर्ने कसरी, परिवारको खर्च जोहो केले गर्नु ?” उनले भने, “कमाउने दुवै छोरा मरेर गइहाले, कसका लागि हामीले जिउने ?”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...



प्रतिकृया लेख्नुहोस्: