Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

पहिरामा परि एउटै घरका २ छोराको मृत्यु, परिवार बिचल्लीमा

दार्चुला । घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर उनका दुई छोरा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भएको थियो । छोराको मृत्युपछि दमाई परिवार अहिले बिचल्लीमा छ ।

घरको ऋण तिर्न भन्दै दिदी घरमा सिलाइ गर्न उनीहरु शङ्करपुर पस्ती गएका थिए तर उनीहरुले काम गर्ने ठाउँमा पहिरो आएपछि दुवै जना त्यही पहिरामा पुरिएर ज्यान गुमाए । उनीहरुको घर बनाउँदा परेको रु दुई लाख ५० हजार ऋण तिर्न बाँकी थियो । जनता आवास कार्यक्रमले घर नभएका विपन्न दलित परिवारलाई घर बनाउन शुरु गरेको थियो । जनता आवास कार्यक्रममार्फत आएको रु एक लाख ८० हजारबाट घर निर्माण हुन सकेन । पूरै निर्माण गर्न गाउँबाट ऋण निकाले ।

घरको ऋण तिर्ने चिन्ता भएपछि उनीहरु सिलाइ व्यवसाय गर्न मालिकार्जुन गाउँपालिकाको पस्ती गएका थिए तर त्यही पहिराले घरको ऋण तिर्ने सपना अधुरै रह्यो । “छोराको पहिरामा पुरिएर मृत्यु भएको खबरलगत्तै उनीहरुकी आमा ५७ वर्षीया भुरा दमाईले मर्न खोजीन । आफैँले ढुङ्गाले हानेर टाउको फुटाइन । जेनतेन उनलाइृ बचाउन सकिएको छ”, स्थानीयवासी अनिल परिवारले भने, “मान्छेले देखेपछि उनलाई जोगाइहाले ।”

स्व अर्जुनकी २२ वर्षीया श्रीमती कलावती अझै अचेत अवस्थामा हुनुहुन्छ । घरमा न कोही बोल्छन्, न हाँस्न सक्छन् । मानसिकरूपमा कमजोर हुँदै गएका छन् । कलावतीका दुई छोरी साढे चार वर्षकी प्रियङ्का र दुई वर्षकी मौसमी छन् । घरमा सानो दमाईकी कान्छी छोरी १२ वर्षीया सञ्जु छिन् । घरको सहारा तथा कमाउने मान्छे नभएपछि दमाई परिवार अहिले कसरी बाँच्ने भन्ने चिन्तामा छ । “घरमा साहस दिने मान्छे नै भएनन्”, अनिलले भने, “पूरै परिवार अचेत जस्तै छ । बूढेसकाल लागेका बूढाबूढीले नातिनीहरु पाल्नुपर्ने अवस्था छ ।”

सानोकी छोरी कक्षा ७ मा पढ्दैछिन् । नातिनीहरु पनि पढ्ने उमेर हुँदैछ तर पढाउने कसरी, घरको ऋण कसरी तिर्ने चिन्ताले पूरै परिवार शोकमा डुबेको छ । “घरमा पुगेपछि के खाने भन्ने छ, उनीहरुको दयनीय अवस्था देखेरै गाउँका युवाबाट सहयोग सङ्कलन अभियान चलाएका छौँ”, अनिलले भने । अनिलका अनुसार ४०/४५ हजार रुपैयाँ सङ्कलन भएको छ । युट्युबमार्फत अभियान चालिएको छ । अहिलेसम्म स्थानीय सरकारले उनीहरुलाई सहयोग गर्नेतर्फ चासो नदिएको उनको गुनासो छ । “घरमा कमाउने मान्छे नभएपछिको पीडा देखेका छौँ, मालिकार्जुन गाउँपालिकाले किरिया खर्च उपलब्ध गरायो तर लेकम गाउँपालिकाले दमाई परिवारलाई सहयोग गरेको छैन”, उनले भने ।

अर्जुनकी आमा भुरा र श्रीमती कलावतीको अवस्था नाजुक बन्दै गएको छ । घरमा सानो दमाई मात्रै मान्छेसँग बोल्छन् । पूरै घर अन्धकार भएजस्तो देखिन्छ । “छोरीले बुबा खोज्छन्”, सानो दमाईले भने, “कसलाई बुबा भन्नु ? बुहारी बोल्दिनन्, मानसिक अवस्था नराम्रो हुँदै गएको छ । घरमा सम्झाउने कसले ? मेरै श्रीमती ‘छोरा मरे, कोख रित्तो भयो’ भन्दै मर्न खोजी । बल्लतल्ल बचाइयो ।” घरमा परेको अप्ठ्याराका कारण काम गर्न साहस नआएको उनले बताए । “ऋण तिर्ने कसरी, परिवारको खर्च जोहो केले गर्नु ?” उनले भने, “कमाउने दुवै छोरा मरेर गइहाले, कसका लागि हामीले जिउने ?”

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies