मोरङ । पाँच दिनअघि गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क भएका डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाइरस कोभिड–१९ रिपोर्ट पोजिटिभ आयो ।
आजको गोरखापत्र दैनिकमा खबर छ - शरीरका जोर्नीहरू दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उनले स्वाब सङ्कलन गराएका थिए । ‘अचम्ममा छु । पाँच दिनको अन्तरमा नै सङ्क्रमित भएँ, कसरी स¥यो ?’ डिभिजन प्रमुख घिमिरेले भने, ‘समुदायमा रहेको सङ्क्रमण सबैका शरीरमा होला जस्तो लाग्यो ।’
डिभिजन वन कार्यालय प्रमुखले सामाजिक सञ्जाल फेसबुक पेजमा कोरोना भाइरस कोभिड–१९ पोजिटिभ आएको जानकारी दिँदै सबैलाई सचेत रहन आग्रह गरेका छन् । उनको फेसबुक पेजको सन्देशपछि टेलिफोनमा गरिएको कुराकारीमा सार्वजानिक पद धारण गरेको व्यक्ति र जनसम्पर्कका काममा हिँड्ने गरेका व्यक्तिले सङ्क्रमण भयो भनेर लुकाउने भन्दा पनि प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई तत्काल सचेत गराउन आवश्यक रहेको बताए ।
‘कोशीको ल्याबबाट तपाईंको नतिजा राम्रो छैन, पोजिटिभ हुनुहुन्छ भनेपछि त्यसलाई स्वीकार गरें, घिमिरेले भने, ‘तत्काल घर परिवार, कार्यालयका कर्मचारी साथीहरू, कार्यालयमा आउनु भएका सेवाग्राही र वनसँग सम्बन्धित सरोकारवालाहरूका लागि सार्वजनिक जानकारी गराउन फेसबुक पेजमा लेखेको छु ।
केही दिनअघिदेखि म श्रीमती, छोरासहित एक जना कर्मचारीसँगै आफ्नो आवासमा छु । साउन १८ गतेदेखि कम व्यक्तिसँगको भौतिक सम्पर्कमा छु’, डिभजिन प्रमुख घिमिरेले फेसबुक पेजमा थप प्रष्ट गर्दै लेखेका छन् ।
उनले साउन १६ गतेपछि आफूलाई सङ्क्रमण भएको हुनुपर्ने अनुमान गर्दै यसबीचमा लामो यात्रा नभए पनि १७ गते वैज्ञानिक वन व्यवस्थापनको अनुगमनका लागि लेटाङ र पथरीमा धेरै जनाको बीचमा जानुपरेको उल्लेख गरेका छन् ।
‘हामीबीच कोरोना समुदायस्तरमै आइसकेको रहेछ । मलाई कसरी कोबाट पो स¥यो पत्ता लगाउन गाह्रो छ । अब आफ्नो उपचार गर्ने र आफै सुरक्षित रहने नै उत्तम विकल्प । कोरोनालाई जित्नुपर्छ, तपाईं हामी सबैको सुस्वास्थ्यको शुभकामना’, घिमिरेले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
उनले डराएर वा त्रसित भएर भन्दा पनि मनलाई बलियो बनाएर जित्नका लागि सबैसँग आग्रह गरेका छन् । कार्यालयकै आवासमा १८ गतेपछि दैनिक व्यायम गर्ने, गीत तथा भजनहरू सुनेर दिन कटाउने गरेको उनले जानकारी दिए । विराटनगर महानगरपालिका मेयरसहित सम्बन्धित क्षेत्रका सबैलाई जानकारी गराएको र भोलि परिवारसहित प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारीको स्वाब सङ्कलन गर्ने बताए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: