काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समय आन्तरिक विवादको भुमरीमा रुमल्लिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोगत र निरकुंश कार्यशैलीलाई लिएर पार्टीमा पटकपटक आलोचना भएको थियो ।
ओलीले आफुले अंगालेको गुटगत कार्यशैली सच्याउनुको सट्टा अन्य नेताहरुलाई नै धम्क्याउन थालेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालय र स्थायी समितिका बहुमत सदस्यहरुले दुवै पदबाट राजिनामा मागेका थिए ।
मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक खुल्ला कार्यक्रममा ओलीले आफुलाई भारतले हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न भएको आरोप लगाएको पर्सीपल्ट प्रचण्ड लगायतले राजिनामा मागेका थिए ।
ओली पार्टीका सबै तहहरुमा अल्पमतमा परेपछि स्थायी समितिको बैठक राख्नै नमान्ने र राखिहालेपनि बैठकमा उपस्थित नहुने गर्दै आईरहेका छन् ।
पार्टी विवादलाई लिएर प्रचण्ड–नेपाल पक्ष एकाठाउँमा उभिएपनि गृहमन्त्रीसमेत रहेका रम बहादुर थापा बादल भने कहिले ओलीतिर त कहिले प्रचण्डतिर देखिने गरेका छन् ।
थापाले विहिबार आफ्ना समुहका नेताहरुलाई पुल्चोकस्थित सरकारी क्वाटरमा झण्डै ८ घण्टा लामो छलफल गरेको बताइएको छ ।
थापा समुहमै ३ धार, प्रचण्डसँग मिल्नुपर्छ भन्नेहरु अत्याधिक
थापाले आयोजना गरेको उक्त भेलामा हिजो बैद्यसँग फुटेर तात्कालिन नेकपा माओवादी केन्द्रमा एकता गर्दाका नेताहरु जो अहिले नेकपामा केन्द्रिय समितिमा छन् उनीहरुलाई आमन्त्रण गरिएको बताइएको छ । नेकपामा ३५ जना थापा समुहका सदस्यहरु पार्टी केन्द्रिय समितिमा प्रतिनिधित्व पार्टी विवाद र निकासका बारेमा छलफल चलेको एक सहभागीले बताए ।
छलफलमा ३ धार देखा पर्यो । एक–निशर्त प्रचण्डलाई साथ दिएर जानुपर्छ, दुई–ओलीलाई साथ दिएर जानुपर्छ, तिन– आफ्नै लाईन बनाएर जानुपर्छ भन्ने ।
उनका अनुसार स्थायी समिति सदस्यद्वय देव गुरुङ्, पम्फा भुषाल लगायत गरी २९ जना केन्द्रिय नेताहरुले प्रचण्डलाई साथ दिएर अघि बढ्नुपर्ने बताएका थिए ।
यसैगरी ५ नं. प्रदेश प्रदेश गृहमन्त्रीसमेत रहेका कुल प्रसाद केसी सोनाम, थापाका गृहका सल्लाहाकार सुर्य सुवेदी पथिक, पथिककी जिवन संगिनी समेत रहेकी ज्ञानु बस्नेत र प्रेस संगठनका केन्द्रिय संयोजक महेश्वर दाहाल गरी ४ जना नेताहरुले ओलीसँग मिलेर जानुपर्ने र प्रचण्डलाई देखाइदिने बेला आएको बताएका थिए ।
यसैगरी लेखनाथ न्यौपानेले भने ओली–प्रचण्ड दुबै प्रवृतिगतरुपमा बेठिक भएकाले आफ्नै लाईन र नेतृत्व स्थापित गरेर जानुपर्ने बताएका थिए ।
स्वंयम थापा पनि ओलीमा कम्युनिष्ट चरित्र नै नभएको र उनले प्रतिक्रान्ति गर्ने भएकोले प्रचण्डलाई साथ दिनुपर्ने मत राख्दछन् । तर उनलाई सुवेदी र दाहालले कतिपय अवस्थामा दुविधामा हाल्ने गरेका छन् ।
दिलकृष्ण प्रजापति भिष्म,रामदिप आचार्य लगायतका युवा नेताहरुले अनिर्णय र अकर्मन्यताको बन्दी बन्न नहुने बताएका थिए । आचार्यले लडाईको बेलामा बिच बस्न नसकिने भन्दै प्रचण्डलाई साथ दिएर जानुपर्ने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: