Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिन महानगरपालिकाको तयारी

विराटनगर । कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणमा लिएको थियो ।

अहिले प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोना सङ्क्रमितमध्ये २०७७ साउन १४ गते बेलुका मोरङकै एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए । यहाँ सङ्क्रमित भएकाभन्दा उपचार गरेर घर फर्कनेको अनुपात निकै सन्तोषजनक रहेकै कारण प्रदेश १ मा शनिबारसम्ममा ७८९ जना निको भएर घर फर्किएका छन् । तथापि कोरोनाको भय र त्रास अझै मानिसमा कायम नै छ । यसलाई नियन्त्रण, रोकथाम र उपचारका लागि नेपाल सरकारले गएको चैत ११ गतेबाट शुरु गरेको बन्दाबन्दी साउनमा हटाइएको छ भने यसलाई स्थानीय तहले निरन्तरता दिने भएका छन् ।

समुदायमा फैलिए नियन्त्रण गर्न समस्या हुने र स्थिति भयावह बन्ने भएकाले नै स्थानीय तहले बन्दाबन्दी नभनी अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल पनि गरेका छन् । समुदायस्तरमै कोरोना सङ्क्रमणको जोखिम बढेसँगै विराटनगर महानगरले थप तदारुकता देखाएसँगै नगरक्षेत्रमा रहेका सबै संयन्त्रको परिचालनमा महानगर जुटेको छ । बिहीबार विराटनगरमा रहेका सबै हस्पिटल तथा नर्सिङ होमका सञ्चालकसँग महानगरले सुझाव लिनुका साथै थप नयाँ रणनीति तय गरेको छ ।

कोरोना सङ्क्रमण समुदायसम्म नपुगोस् भनेर अधितम सतर्कता अपनाउने निर्णय भएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए । विराटनगरका अस्पताल तथा नर्सिङहोमका सञ्चालक तथा व्यवस्थापकसहितको बैठक उपलब्धिमूलक भएको प्रमुख पराजुलीको भनाइ छ । यससँगै कोरोना सङ्क्रमण नियन्त्रणका लागि महानगरले स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सञ्चालकको समन्वयमा उच्च स्तरीय चारवटा समितिसमेत बनाएको छ ।

जसअन्तर्गत डा हेमसागर रिमालको संयोजकत्वमा होमक्वारेन्टिन समिति, डा सुशील तपडियाको संयोजकत्वमा पिसिआर ल्याब स्थापना समिति, अर्चाना पोखरेलको संयोजकत्वमा मनोपरामर्श समिति र डा सूर्य पराजुलीको संयोजकत्वमा कन्ट्रयाक ट्रेसिङ समिति बनाएको छ । समितिमा रहेका पदाधिकारी तथा सदस्यले कोरोना सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यस्तै बैठकले विराटनगरका सबै अस्पताल तथा नर्सिङहोममा कार्यरत प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई कोरोना सङ्क्रमण भए आ आफ्ना अस्पतालमै व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । दीर्घकालीन योजनाका साथ अघि बढिरहेको विराटनगर महानगरपालिकाले कोरोनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न अधिकतम प्रयास एवम् पहल गर्ने दाबी गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies