Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सहकारीले उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले उत्पादन तथा नेपाली उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताएका छन् । प्रदेशस्तरीय सहकारी सङ्घलाई प्रमाणपत्र वितरण गर्दै मुख्यमन्त्री पौडेलले सहकारीले सोचेजस्तो काम गर्न नसकेको धारणा राखे ।

मुख्यमन्त्री पौडेलले सहकारीले सङ्ख्यामा प्रगति गरेको भए पनि सहकारीको प्रमुख उद्देश्यअनुरुप व्यापकरुपमा उत्पादन गर्न नसकेको बताए । उनले हिजोका दिनमा कानूनको अभावमा काम गर्न नसकिएको बताउने सहकारीले भनेअनुसार नै प्रदेश सरकारले कानून निर्माण गरेको अवस्थामा पनि प्रगति नदेखिएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरे ।

मुख्यमन्त्री पौडेलले सहकारीकोतर्फबाट उचित तथा उपयोगी खालका प्रस्ताव आए सरकारले बजेटसमेत विनियोजन गर्ने बताउँदै हालसम्म त्यस्ता प्रस्ताव नआएको बताए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले हरेक गाउँपालिकामा कृषि बजार स्थापना गर्न लागेको र त्यस्ता बजारको व्यवस्थापनमा सहकारीले सगाओस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे ।

प्रमाणपत्र वितरण कार्यक्रममा प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आफ्नो जमिन बाँझो राखेर वैदेशिक रोजगारीमा जाने प्रथाको अन्त्यका लागि सहकारीले काम गर्नुपर्ने धारणा राखे । सहकारीले नेपाली उत्पादनको अन्तरराष्ट्रियकरण गर्न सक्नुपर्ने उनको भनाइ थियो । उनले नेपाली जडीबुटी, फलफूल तथा तरकारी बजार प्रवद्र्धनमा सरकारसंग सहकारी पनि सँगसँगै हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले सहकारी वास्तविकरुपमा तल्लो तहसम्म पुग्नुपर्ने बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending