काठमाडौँ । सरकारले शुल्क लिएर कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड–१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ ।
सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले भोलि बिहीबारदेखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके भण्डारीले जानकारी दिए । ललितपुरको कुपण्डोलमा रहेको उक्त ल्याबले दैनिक चार हजारभन्दा बढी नमूना परीक्षण गर्ने र पाँच घण्टामै ‘रिपोर्ट’ उपलब्ध गराउने विध म्यानेजमेन्टले जनाएको छ । प्रयोगशालामा पाँच थान अटोमेटिक आरएनए एक्ट्याक्सन मेशिन जडान गरिएको छ ।
प्रयोगशालाका प्रमुख भण्डारीले कोरोना परीक्षणको दायरा फराकिलो पारी छिटोभन्दा छिटो सङ्क्रमित पहिचान गर्ने सरकारको यस अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । उनले सरकारले दिएको नमूना तथा स्वेच्छाले परीक्षण गर्न आउने व्यक्तिको कोरोना परीक्षण गरिने जानकारी दिए ।
सरकारले केही सरकारी तथा निजी प्रयोगशालालाई रु पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको भए पनि सो प्रयोगशालाले रु चार हजार ५०० मै कोरोना परीक्षण गर्ने जनाएको छ । “विपद्को समयमा सकिन्छ भने सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ”, प्रयोगशालाका प्रमुख भण्डारीले बताए ।
कोभिड–१९ को परीक्षणका लागि जनतालाई छिटोछरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको यस प्रयासमा आफ्नोतर्फबाट यथासम्भव सहकार्य गर्ने र सहयोग पुर्याउने उद्देश्य रहेको विध म्यानेजमेन्टद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समय सरकारले लकडाउन केही खुकुलो बनाउँदै गएपछि मुलुकभर कोरोना सङ्क्रमणको जोखिम झन् बढेको छ । जसले गर्दा कोरोना परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवश्यकता बढेर गएको छ ।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विध म्यानेजमेन्टलाई गत असार १२ गते कोभिड–१९ परीक्षणसम्बन्धी प्रयोगशाला स्थापनाका लागि आशयपत्र दिएको थियो । आशयपत्र पाएको एक सातामा नै आफूहरुले प्रयोगशाला स्थापना गरिसकेको प्रमुख भण्डारीले बताए । यसअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले प्रयोगशालाको स्थलगत निरीक्षण गरेका थिए ।
सरकारले यसअघि स्टार अस्पताल र केएमसीलगायत सात वटालाई कोरोना परीक्षणको अनुमति दिइसकेको छ । धुम्रबाराहीस्थित ह्याम्स अस्पतालले पनि सःशुल्क कोभिड–१९ परीक्षणको अनुमति पाएको छ । ह्याम्सले शुल्क लिएर आजदेखि कोरोना परीक्षण थालिसकेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले केहीदिनअघि मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’मा सरकारी तथा निजी प्रयोगशालामा दैनिक १८ हजार नमूना परीक्षण गर्ने गरी तयारी भइरहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: