काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–६ का १७ वर्षीया किशोरीलाई उपचारार्थ अस्पताल लैजान मङ्गलबार दिउँसो हेलिकप्टर गाउँ पुग्यो तर हेलिकप्टर रित्तै फर्किनुपर्यो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भयो ।
तीन दिनदेखि झाडापखालाले ग्रस्त रञ्जिता थोकरलाई थप उपचारका लागि काठमाडौँ लैजान परिवार र जनप्रतिनिधिले मङ्गलबार बिहानै निर्णय गरे । सोहीअनुसार गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टरको व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरे । लगत्तै प्रशासनले गृह मन्त्रालयलाई आग्रह गरी हेलिकप्टर गाउँ पुर्याइएको हो । “हेलिकप्टर गाउँ आउँदै थियो, रञ्जिातको मृत्यु भयो, हेलिकप्टर रित्तै फर्किनुपर्यो”, वडाध्यक्ष मानबहादुर तामाङले भने।
सोमबार पनि खानीखोला गाउँपालिकाकै ४ नम्बर वडास्थित जगथलीकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत नै उद्धार गरियो । केही दिनदेखि व्यथाले च्यापेकी उनलाई अस्पताल लैजानुको विकल्प नभएपछि हेलिकप्टर मगाइएको अध्यक्ष खुलालले बताए । आइतबार पक्षघात रोगबाट ग्रसित महाभारत गाउँपालिका–७ का ७५ वर्षीय वृद्ध लालबहादुर लोलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगियो । एक हप्ताको बीचमा डाँडापारि क्षेत्रबाट तीन बिरामीका लागि हेलिकप्टर प्रयोग गर्नुप¥यो भने साउन पहिलो साता महाभारत गाउँपालिका–२ की २१ वर्षीया गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
भौगोलिक विकटता तथा जारी अविरल वर्षाका कारण कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा हवाई उद्धार गर्नुपर्ने बाध्यता छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वर्षायाममा डाँडापारि क्षेत्रमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको दुःखेसो गर्नुहुन्छ । उनले बताए, “वर्षायाममा गम्भीर बिरामी÷गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प छैन ।” उनका अनुसार महङ्गो भए पनि विकट क्षेत्रमा सडक अवरुद्ध हुँदा हेलिकप्टर निकै सजिलो साधन हो ।
साउन महिनाको दुई सातामा महाभारत पर्वत शृङ्खलापारि ९डाँडापारी० अवस्थित दुई गाउँपालिका महाभारत र खानीखोलाका दुई गर्भवती र दुई बिरामीको उद्धार गरिएको छ । मनसुन शुरु भएसँगै बाढीपहिरोले डाँडापारिका कच्ची सडक अवरुद्ध हुँदा गाउँपालिकामार्फत हेलिकप्टर ‘चार्टर्ड’ गर्नुपर्ने खानीखोला गाउँपालिका अध्यक्ष खुलालले बताए । “पहिले पनि समयमै उपचार नपाउँदा केही गर्भवती तथा सुत्केरी र बिरामीको गाउँमै मृत्यु हुन्थ्यो, अहिले स्थानीय तहको सहयोगमा केही सहजता भएको छ”, उनले बताए ।
हेलिकप्टरबाट बिरामी÷गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि काठमाडौँ लैजानुपर्ने अर्को बाध्यता रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “हेलिकप्टर काठमाडौँबाट मगाइएपछि उतै लैजानुपर्छ, जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकप्टर अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्छ, सजिलो उतै हो ।” सरकारले विकट क्षेत्रका गम्भीर बिरामी तथा गर्भवतीको उद्धार गर्नका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि–२०७५ बनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: