काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौँथो चरणको उद्धार उडानका लागि नेपाली एयरलाइन्सले आगामी अगष्ठ ८ तारिखसम्मको उडान तालिका बनाएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिका अनुसार नेपाल एयरलाइन्सले अगष्ट ८ तारिखसम्म जम्मा १८ उडान गर्नेछ । युएइको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेसियाको क्वालालम्पुर र जापानको नारिता चार्टर्ड उडान हुने निगमले जनाएको छ । हिमालयले पनि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म कूल १८ उडान गर्ने जनाएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर्ड उडान गर्ने जनाएको छ ।
कुन एयरलाइन्सका कति उडान
नेपाल एयरलाइन्सले जुलाई ३१ तारिखमा जापान र कुवेत उडान गर्नेछ । अगष्ट १ मा क्वालालम्पुर र कतार, अगष्ट २ मा जेदाह र दुबई, अगष्ट ३ मा अष्टे«लिया र कतार, अगष्ट ४ मा दुबई र कतार, अगष्ट ५ मा रियाद र दमाम, अगष्ट ६ मा रियाद र दुबई, अगष्ट ७ मा रियाद र दमाम र अगष्ट ८ तारिखमा जेदाह र दुबईमा चार्टर्ड उडान गर्ने जनाएको छ ।
हिमालयले जुलाई ३० र अगष्ट १ तारिखमा कुवेतमा दुई उडान गर्नेछ । चीनको कुनमिङमा जुलाई ३१ मा एक मात्र उडान हुनेछ । जुलाई ३१ र अगष्ट ३ तारिखमा दोहामा उडान गर्ने हिमालयले जुलाई ३१, अगष्ट १,२, ३ र ४ तारिखसम्म अबुधाबी गन्तव्यमा चार्टड उडान गर्नेछ । त्यस्तै अगष्ट २, ३, ६ र ७ तारिखका दिन क्वालालम्पुर र अगष्ट ४, ५, ६ र ७ तारिखमा दमाम उडान गरिने हिमालयले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि जुलाई ३१ देखि ८ अगष्टसम्म चार्टर्ड उडान गर्नेछन् । जजीरा एयरले कुवेत, इत्तिहाद एयरले अबुधावी, एयर अरेबियाले सारजाह, फ्लाई दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । सोही अवधिमा मालिन्दो एयरले क्वालालम्पुरबाट निरन्तर चार्टर्ड गर्ने जनाइएको छ ।
यसअघि नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।
सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म ३५ हजार भन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै पाँच महिनापछि हुने नियमित उडान एक तिहाइ सङ्ख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: