टीकापुर । कैलालीमा धानखेतीमा झारनाशक विषादीको प्रयोग बढ्दै गएको छ । अनावश्यकरुपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको किसानको भनाइ छ । टीकापुरको वनगाउँका सुन्दरबहादुर चौधरीले एक बिघा जमिनमा विषादी छरे । “धानमा झार उम्रन थालेको थियो । पशु प्राविधिकसँग सल्लाह गरी विषादी छर्किएँ”, उनले भने, “ झार उखेल्न कामदार लगाउनुभन्दा विषादी छर्न सहज लाग्यो ।”
कृषि क्षेत्रका प्रविधिको विकाससँगै किसानलाई खेती गर्न सहज पनि भएको छ । किसानलाई आवश्यक मल, बीउ, विषादी र खेतीका लागि आवश्यक प्राविधिक ज्ञान सहज पाएमा कृषिमा किसानको जाँगर थपिने किसान रामलाल डगौराले बताए । ‘‘खेत जोत्ने मेशिन छन्, धान काट्ने, दाउने पनि मेशिन आएका छन्’’, उनले बताए, ‘‘अब खेती गर्न सजिलो छ । खेती गर्दा आवश्यक विषादी पनि सहजै पाइन्छ । कृषि कार्यालय पनिसहयोगी छन् ।’’
जानकी गाउँपालिका कृषि शाखाका प्रमुख लालबिर चौधरीले किसानले धान खेतीमा उम्रिएको झार काट्नुभन्दा बिषादी प्रयोग सहज मान्न थालेको जानकारी दिए । ‘‘विगतका वर्ष धानमा उम्रने झार काट्ने वा उखेल्ने चलन थियो, झार तथा घाँस बढी भए धान उत्पादनमा असर पार्छ’’, उनले भने, ‘‘अहिलेका किसान उम्रन थाल्नेबित्तिकै विषादी छर्छन् । अनि घाँसको पनि अभाव हुन्छ ।’’
झारनाशक विषादीको प्रयोगले धान उत्पादनमा वृद्धि हुने किसान बताउँछन् । धान उत्पादनमात्र नभई धानमा उम्रिएको झार हटाउन आवश्यक जनशक्ति पनि चाहिँदैन । झार निकाल्नुपर्ने समस्या नै टर्ने भएकाले झारनाशक विषादीको प्रयोग बढेको क्षेत्रीय बीउविजन प्रयोगशाला कञ्चनपुरका बाली विकास अधिकृत सिद्धराज उपाध्यायले बताए ।
झारनासक विषादी धान रोपेको ५ दिनदेखि ३० दिनको अवधिमा झारका किसिम हेरीसोहीअनुसार विषादीको प्रयोग किसानले गर्दछन् । झारनाशक विषादीको प्रयोगले उत्पादन बृद्धिसँगै माटोको उर्भराशक्तिमा समेत प्रभाव नपार्ने भएकोले समयमै झारको पहिचान गरी झारनाशक विषादीको प्रयोग गर्न सिफारिस विषादीको प्रयोग गर्नुपर्ने उिनले सुझाव दिए । ‘‘धान खेतीअनुसार विषादीको प्रयोग गर्ने समय हुन्छ । झार पनि चिन्नुपर्ने हुन्छ’’, बाली विकास अधिकृत उपाध्याय भन्छन्, ‘‘त्यसैले प्राविधिकको सल्लाह लिएर मात्र विषादीको प्रयोग गर्न राम्रो हुन्छ ।’’
झारनाशक विषादीको प्रयोग एक बालीको लागि मात्र प्रभावकारी रुपमा रहने भएकाले अर्को बालीलाई नोक्सान गर्दैन । यसको प्रयोगले धान खेतीमा ३ महिनासम्म प्रभाव रहने कृषि प्राविधिकको भनाइ छ । विषादीको प्रयोगले उत्पादनमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने पराल पशु चौपायाको लागि स्वस्थकर नहुने भएकाले किसानले यसमा ध्यान दिन आवश्यक रहेको जनाइउको छ । उनले भने ‘सकेसम्म झार मानिसले उखेलेर फालेको राम्रो हो । ’’ विषादी छरेको धानको पराल पशुका लागि स्वस्थकर मानिदैन ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: