Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

झापा इनर्जीको सौर्य विद्युत आयोजनाको इन्भर्टरमा आगलागी, ५ मेगावाट विद्युत उत्पादन बन्द

खबरडबली संवाददाता

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा निर्माण भई सञ्चालनमा रहेको झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा आगलागी भएको छ ।

आयोजनामा जडान गरिएका ५-५ एमभीए क्षमताका दुई वटा इन्भर्टरमध्ये एउटा इन्भर्टरमा गत जेठ १८ गते दिउँसो करिब १:४२ बजे अचानक आगलागी भएको कम्पनीले जनाएको छ।

उक्त आगलागीको घटनापछि सोही इन्भर्टरमार्फत् उत्पादन हुँदै आएको करिब ५ मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द भएको छ ।

घटना लगत्तै आयोजनास्थलमा स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो । आगलागी हुनुको वास्तविक कारणबारे कम्पनीको आन्तरिक प्राविधिक टोलीले विस्तृत अनुसन्धान सुरु गरिसकेको छ ।

प्रारम्भिक अध्ययनका अनुसार इन्भर्टरको आन्तरिक प्राविधिक समस्याका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । उक्त इन्भर्टर खरिद गर्दा प्राप्त वारेन्टी अवधि अझै बाँकी रहेकाले सम्बन्धित उत्पादक तथा आपूर्तिकर्ता कम्पनीलाई घटनाबारे औपचारिक रूपमा जानकारी गराइसकिएको छ ।

कम्पनीका अनुसार उक्त इन्भर्टरको सम्पत्ति बिमा समेत गरिएको छ। आवश्यक प्राविधिक मूल्याङ्कन तथा प्रतिस्थापन प्रक्रिया अगाडि बढाउनका लागि सम्बन्धित प्राविधिक टोली आयोजनास्थलतर्फ प्रस्थान गरिसकेको छ ।

प्रभावित इन्भर्टरलाई यथाशीघ्र नयाँ इन्भर्टरले प्रतिस्थापन गरी आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गर्ने तयारी कम्पनीले गरिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापा इनर्जीको सौर्य विद्युत आयोजनाको इन्भर्टरमा आगलागी, ५ मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा निर्माण भई सञ्चालनमा रहेको झापा इनर्जी लिमिटेडको १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा आगल...

प्रहरी संगठनमा ठूलो फेरबदल, ३३ एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार जनपद प्रहरी समूहअन्तर्गत...

नेविसंघमा पहिलो महिला नेतृत्व : करुणा कटुवालसामु महाधिवेशनको कठिन परीक्षा

काठमाडौं । ५६ वर्षको इतिहासमा पहिलो पटक नेपाल विद्यार्थी संघ (नेविसंघ) ले महिला नेतृत्व पाएको छ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा ध...

कांग्रेसमा नयाँ क्रियाशील सदस्यता खुला, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया सुरु गर्दै अनलाइन आवेदन फारम खुला गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्री...

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटना

केहीको मृत्यु

बालेनको अभिव्यक्तिमाथि झलनाथको आक्रोश : ‘यस्ता कुरा गर्ने व्यक्ति प्रधानमन्त्री हुन सुहाउँदैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन साहले संसदमा दिएको ‘नेपालले पनि भारतको केही ...

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रद...

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज ने...

बालिका बलात्कार आराेपमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई बलात्कारकाे आराेपमा एफफकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय धनबहादुर सुना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending