काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको कैद सजाय कटौती गर्ने आफ्नै फैसलाउपर पुनरावलोकन गर्ने अनुमति दिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार पुनरावलोकनको निस्सा दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा कोइरालालाई जन्मकैदको सजाय ‘चर्को पर्न जाने, चित्तमा लाग्ने जस्तो देखिएको’ भन्दै साढे आठ वर्ष जेल बसे मकसद पूरा हुने निष्कर्षसहित साढे ११ वर्ष कैद सजाय कटौती गरेको थियो । त्यसउपर महान्यायाधिवक्ता कार्यालयले गरेको पुनरावेदनमा १५ असारको फैसलामा कमजोरी रहेको भन्दै संयुक्त इजलासले पुनः सुनुवाइको अनुमति दिएको हो ।
अब यो मुद्दा अन्य मुद्दाझै सर्वोच्चमा दैनिक पेशीमा पर्नेछ र सुनुवाइ हुनेछ । ‘सम्बन्धित पक्षलाई सरकारको पक्षबाट दिएको निवेदन जान्छ । कोइरालाको हकमा भएको फैसला त्रुटिपूर्ण छ भन्ने हाम्रो भनाइ थियो । फैसला पुनरावलोकन हुने आदेश भएको छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने ।
‘प्रतिवादी रञ्जनप्रसाद कोइरालाले अदालतमा बयान गर्दा आरोपित कसूरलाई इन्कार गरी आफ्नो व्यहोरा लेखाएको पाइयो,’ आदेशमा भनिएको छ, ‘प्रस्तुत वारदात हेर्दा प्रतिवादी रञ्जनप्रसाद कोइरालाले घटना घटाउँदा र घटनापछि मृतकको लास लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्थासमेत देखिँदैन ।’ महान्यायाधिवक्ताको कार्यालयले पेस गरेका विभिन्न नजिरहरूका आधारमा पनि कोइरालाको सजाय घटाउन नहुनेझैं देखिएको आदेशमा उल्लेख छ ।
साबिकको मुलुकी ऐन अदालती बन्दोबस्तको १८८ नं. बमोजिम सजाय घटाउने कुरा सर्वोच्चद्वारा विगतमा प्रतिपादित नजिरविपरीत रहेको संयुक्त इजलासको ठहर छ । विभिन्न नजिर उल्लेख गर्दै आदेशमा ‘प्रतिपादित सिद्धान्त प्रतिकूल पाइँदा ती सिद्धान्त एवं साबिक मुलुकी ऐन अदालती बन्दोबस्तको १८८ नं. र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १७ (क) बमोजिमको व्यवस्था समेतलाई मध्यनजर गर्दै’ सजाय घटाउने अवस्था नरहेको भनिएको छ ।
२७ पुस ०६८ मा सशस्त्रका पूर्व डिआइजी कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या गरेका थिए र शव मकवानपुुरको मेत्राङमा जलाएका थिए । ८ माघ ०६८ मा उनी पक्राउ परेका थिए ।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले सर्वस्वसहित जन्मकैदको फैसला गरे पनि सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असारमा ‘उक्त सजाय चर्को पर्न जाने चित्तमा लाग्ने जस्तो देखिएको’ भन्दै कैद सजाय साढे ११ वर्ष घटाइदिएको थियो । त्यसपछि उनी गत बिहीबार कैदमुक्त भएका थिए ।
तर, फैसला त्रुटिपूर्ण रहेको भन्दै सोही दिन महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दिएको थियो । आइतबार यही निवेदनमाथि पुनरावलोकन गर्ने आदेश भएको हो ।
यसअघिका विभिन्न मुद्दामा पनि सर्वोच्चले आफ्नै फैसला पुनरावलोकन गरी उल्ट्याएका उदाहरण छन् । अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की, पूर्वअधिराजकुमारी प्रेरणा शाहको छाउनीको जग्गा, अस्ट्रेलियाली नागरिक गोर्डन विलियम्स रबिन्सनलगायतका मुद्दा सर्वोच्चले उल्ट्याएको छ । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को परिच्छेद २० मा मुद्दा दोहो¥याउने तथा पुनरावलोकन गर्न पाउने व्यवस्था छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...


प्रतिकृया लेख्नुहोस्: