Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

विराटनगरमा सङ्क्रमण फैलन नदिन अत्यावश्यकबाहेका सबै सेवा बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्थगित गर्ने भएको छ । महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आज बसेको नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापनप, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय गरेको हो ।

बैठकले नगरक्षेत्रभित्र सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवं सुरक्षामा आवश्यक कडाइ गरिने भएको छ । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल एवं सुझावअनुसार नगरभित्र थप कडाइ गर्ने निर्णय गरिएको हो । बैठकले भारतीय सीमावर्ती क्षेत्रबाट अवैध आगमनलाई नियन्त्रण गर्ने, सिटी रिक्सा सवारीमा सामाजिक दूरी कायम गर्ने, चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम राख्नुपर्ने निर्णय गरिएको छ ।

यसैगरी अन्य निर्णयहरुमा भीडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने, पिसिआर परीक्षणको दायरा बढाउन थप पहल गर्ने, क्वारेन्टिन स्थल थप गर्ने, आइसोलेशनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने, आकस्मिक स्वास्थ्य सुरक्षामा थप ध्यान दिनाका साथै सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमणबाट सतर्क रहन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरिने प्रमुख पराजुलीले बताए। नगरभित्र केही समस्या परेको खण्डमा नजीकैको वडा कार्यालयका पदाधिकारी या महानगरको स्वास्थ्य शाखासँग समन्वय गर्न महानगरले आग्रह गरेको छ ।

मोरङमा २२ जनामा सङ्क्रमण देखियो

प्रदेश नं १ मा आज ३१ जनामा सङ्कमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २२ र इलाममा नौ जनामा सङ्क्रमण देखिएको छ । मोरङको विराटनगरका तीन महिलासहित २२, इलामको इलाम नगरपालिकामा आठ र माईमा एक जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ९२२ पुगेको छ । यस्तै प्रदेशमा आज १२ जना सङ्क्रमितहरु निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत आठ महिलासहित १२ जना घर फर्केका छन् । प्रदेशमा निको भई घर फर्कने सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending