Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

'सुर्तीजन्य पदार्थको सेवन त्यागौँ, कोरोनाबाट जोगिऔं', यी उमेर समूहको बढी मृत्यु

काठमाडौं । कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुप¥यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक मदनकुमार उपाध्यायका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएकी वृद्धामा निमोनिया, श्वासप्रश्वास तथा मुटुको समस्या रहेको थियो । किशोरीमा भने श्वासप्रश्वास र फोक्सोको समस्या रहेको जनाइएको छ । यद्यपि उनीको मृत्युका कारण कोभिड–१९ भनिए पनि यसका साथमा अन्य कुनै दीर्घरोग थियो कि थिएन, केही सार्वजनिक गरिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड–१९ बाट शुक्रबारसम्म मृत्यु हुनेको सङ्ख्या ४५ जना पुगिसकेको छ । यीमध्ये कतिमा सरुवा र नसर्ने रोगको समस्या पनि थियो अथवा कोभिड–१९ को सङक्रमणले मात्र मृत्यु भयो भन्ने विषयमा मन्त्रालयका प्रवक्ताले हालसम्म कुनै जानकारी सार्वजनिक गरेका छैनन् । ती मृत्युका कारण कोरोना सङक्रमण भनिए पनि अन्य नसर्ने रोग त्यत्तिकै जिम्मेवार रहेको चिकित्सकले जनाउँदै आएका छन् । उसो त नेपालमा पछिल्लो समय सरुवाभन्दा नसर्ने रोगले बढी मृत्यु भइराखेको छ ।

झाडापखाला, एचआइभी÷एड्स, क्षयरोगलेभन्दा क्यान्सर, हृदयघात, मिर्गौला, मधुमेह, श्वासप्रश्वास, निमोनिया तथा उच्च रक्तचापका कारण मृत्यु हुनेको सङ्ख्याको भार बढिरहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजानिक गरेको अनुसन्धान प्रतिवेदनमा नसर्ने रोगका कारण मृत्युदरमा वृद्धि भइराखेको उल्लेख छ । देशका ७२ जिल्लाका २० वर्ष र सोभन्दा माथि उमेरका १३ हजार २०० मा गरिएको अनुसन्धानले नसर्ने दीर्घरोगको भार बढी रहेको र बढ्दो जोखिमसमेत रहेको निष्कर्ष निकालेको थियो ।

धेरैजसो व्यवहारिक तथा जैविक जोखिमका तत्व सुर्तीसेवन, मादकपदार्थ सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामा भन्दा बढी पुरुषमा देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव प्रा डा किरण रेग्मी भन्छन्, “क्यान्सर, मुटु, मिर्गौला, मधुमेह, श्वासप्रश्वास, निमोनिया तथा उच्च रक्तचापका रोगीलाई थप कोरोना सङ्क्रमण भएमा मृत्युको बढी जोखिम रहन्छ । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग निम्त्याउँदछ ।”

मन्त्रालयले कोरोनाले मृत्यु भएका भनिएकामध्ये कति जनाले सुर्तीजन्य पदार्थ सेवन गरिरहेका थिए अथवा विगतमा गर्दथे भन्ने ‘मेडिकल हिष्ट्रि’सार्वजनिक गर्ने गरेको छैन । “सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिको रोगसँग जुध्नसक्ने प्रतिरोधि क्षमता कम हुन्छ । ती पदार्थको सेवनले श्वासप्रश्वास प्रणाली, फोक्सो र क्यान्सर हुने सम्भावना हुन्छ । धुमपान सेवन गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण भएमा जटिल समस्या निम्तिन सक्छ”, उहाँले भन्नुभयो, “धुमपान गर्नेको फोक्सो कमजोर हुनेहुँदा सङ्क्रमण भएमा उच्च जोखिम हुन्छ ।” नसर्ने रोगको प्रमुख कारकका रुपमा सुर्तीजन्य पदार्थ तथा धुमपानलाई लिइन्छ ।

कुन उमेर समूहको बढी मृत्यु ?

शुक्रबारसम्म मृत्युभएकामध्ये ३६ पुरुष (३४ वयस्क र दुई बालक) र नौ महिला रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सङ्कलित सूचनाअनुसार कोरोनाबाट ५० वर्षमुनिका २६ र सो उमेर समूहभन्दा माथिका १९ जनाको मृत्यु भएको छ  । सबैभन्दा बढी मृत्यु ४१ देखि ६० वर्ष उमेर समूहमा देखिएको छ  । ४१ देखि ५० वर्ष उमेर समूहका ११ जना र ५१ देखि ६० वर्ष उमेर समूहका १० जनाको मृत्यु भएको छ ।

चिकित्सकका अनुसार कूल मृत्युमध्ये २६ जना (५९.१ प्रतिशत) मा कोरोना सङक्रमणबाहेक दीर्घ वा अन्य रोगसमेत देखिएको थियो । विश्वस्वास्थ्य सङ्गठनका अध्ययनले कोभिड–१९ को गम्भीर लक्षण धुमपान गर्नेमा बढी हुने देखाएको छ । सुर्तीजन्य पदार्थले नसर्र्ने रोग निम्त्याउनुका साथै नसर्र्ने रोग लागेका व्यक्तिमा कोभिड– १९ को सङ्क्रमणको जोखिम उच्च रहने पाइएको छ । यसले गर्दा चुरोट तथा बिँडीलगायत सुर्तीजन्य सेवन गर्ने व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएमा सघन उपचार कक्ष तथा भेन्टिलेटर आवश्यकतापर्ने र त्यस्ता सङ्क्रमित व्यक्तिमा मृत्युको जोखिम पनि उच्च रहने जनाइएको छ ।

परिषद्को नसर्ने रोगसम्बन्धी जोखिम तत्व सर्वेक्षणले नेपालमा २८ प्रतिशत नागरिकले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको देखाएको छ । यसमध्ये १७ प्रतिशतले चुरोट सेवन र १८ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण २७ हजारभन्दा बढी मानिसको अकालमा मृत्यु हुने गरेको सङ्गठनको तथ्याङ्क छ ।

सन् २०१९ को अन्त्यतिर चीनको उहान शहरबाट उदाएको कोरोना भाइरस शताब्दीकै स्वास्थ्य महासङ्कटका रुपमा देखापरेको छ । विश्वका १९० भन्दा बढी मुलुकको मानवीय जनजीवनलाई त्रास बनाएको कोरोनाले आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्रो गरी गाँजिरहेको छ । नेपालमा पनि कोराना सङ्क्रमितको सङ्ख्या १८ हजार ३७४ र निको हुनेको सङ्ख्या १२ हजार ९४७ पुगेको छ । वरिष्ठ जनस्वास्थ्य विज्ञ चिकित्सक अर्जुन कार्की भन्छन्, “कोरोनासित जुध्न रोग प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्छ । यसका लागि तत्काल सुर्तीजन्य पदार्थ र मदिरा सेवन छोड्नुपर्छ ।”

चिकित्सकका अनुसार सामान्य व्यक्तिलाईभन्दा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई सबै खालका क्यान्सर हुने जोखिम ३० प्रतिशत बढी रहन्छ । क्यान्सर रोग विशेषज्ञ चिकित्सक राजेन्द्र बराल भन्छन्, “सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई जुनसुकै प्रकारको क्यान्सरको सम्भावना बढी हुन्छ । फोक्सोको क्यान्सर एक नम्बरमा छ, यसको प्रमुख स्रोत नै सुर्तीजन्य पदार्थ हो ।” कोरोनाले पनि सबैभन्दा बढी असर श्वासप्रश्वास प्रणाली र फोक्सोलाई पु¥याउने गर्दछ । गुट्खा, खैनी, सुर्तीजन्य पदार्थ चुरोटका निकोटिन, टार, कार्बन मोनोअक्साइड, रेडन, एमनिया, आसनिक आदिजस्ता करिब सात हजारभन्दा बढी केमिकल पाइने बताइएको छ । यस्ता केमिकलले स्वास्थ्यलाई गम्भीर असर पु¥याउँछ ।

अहिले पनि कोरोनाको जोखिम बढ्न नदिन सबैले बढी सतर्कता अपनाउन जरुरी छ । बन्दाबन्दीको अवस्था हटे पनि व्यक्तिगत स्वास्थ्य सावधानी अपनाउन छोड्नु हुँदैन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending