बाँके । बाँकेमा आपराधिक घटनामा संलग्न फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो एक महिनाभित्र जघन्य आपराधिक मुद्दामा फरारसहित लागुऔषध कारोवारमा संलग्न छ जनालाई पक्राउ गरी मुद्दा चलाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
बाँके वनकट्टीका करिब दर्जन आपराधिक गतिविधिमा संलग्न राजेश यादव, लागुऔषधका कारोवारी, शरीर बन्धक, अपहरण र जबर्जस्ती करणीका अभियुक्त बाँके वनकट्टीकै बब्बरी खाँ पठान, लागुऔषधको कारोवारी नेपालगञ्ज जयसपुरका रेश्मा खान र भगेलु कलवारलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई गत वैशाख ९ गतेदेखि फरार भएका चार प्रतिवादीमध्ये दुई जनालाई बाँके प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ । कोहलपुरको पिपिसी इँटाभट्टा उद्योगमा काम गर्दै आएका सोनु शेखलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका खजुरा गाउँपालिका–७ गुनाना बस्ने १९ वर्षीय समिर भाट र २९ वर्षीय कलिम भाट पक्राउ परेका हुन् ।
कुटपिटबाट गम्भीर घाइते भएका शेखले उनीहरुविरुद्ध दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ १३ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । घटनालगत्तै फरार भएकामध्ये दुई जनालाई उनीहरुकै गाउँबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको छ । बाँकेमा भएका हत्या तथा विष्फोटलगायत जघन्य अपराधका नौवटा मुद्दाका फरार अभियुक्त यादव पक्राउ परेसँगै शान्ति सुरक्षा र अमनचयनमा बाँके प्रहरीसँग जनताको भरोसा बढेको छ । यसक्रममा पक्राउ परेका लागुऔषधका कारोवारी, शरीर बन्धक, अपहरण र जबर्जस्ती करणीका अभियुक्त बाँके वनकट्टीकै खाँ पठानविरुद्ध तीन मुद्दा चलाइएको छ ।
कलवार १८ किलो ५०० ग्राम अफिमको फरार अभियुक्त भगेलु कलवार र लागुऔषधको कारोवारी जयसपुरका खानविरुद्ध पनि मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक रानाले बताए । बाँकेमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक हप्ताभित्रै प्रहरी उपरीक्षक रानाले ठूला आपराधिक घटनाका अभियुक्त र लागुऔषध कारोवारीमा संलग्नलाई पक्राउ गरेसँगै नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्न थालेका छन् ।
प्रहरी उपरीक्षक रानाले कानूनविपरीत हुने गरेका अवैध कार्यलाई तदारुकताका साथ रोकी कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए । उनका अनुसार कार्ययोजनाअन्तर्गत हरेक नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने, आपराधिक क्रियाकलापउपर कानूनी कारवाही गर्ने, खुला सीमानाकाबाट हुने सीमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण, अपराध अनुसन्धानमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिनेलगायतका कार्ययोजना रहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: