Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

डुबान र पहिरोबाट १७ जनाको मृत्यु २ बेपत्ता

सुरुङ्गा । वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले ज्यान गुमाएका हुन् भने दुई बालक अझैं बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार मात्रै डुबेर एक बालकसहित तीन जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको हो । बुधबार राति ८ बजे भद्रपुर नगरपालिका– २ निवासी अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश तामाङको डुबेर मृत्यु भएको थियो ।

दिउँसो घरबाट खेल्न निस्किएका उनी रातिसम्म घर नफर्किएपछि खोजीगर्ने क्रममा नयाँ सीमसार क्षेत्रमा राति डुबिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । उनीसँगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोरा १४ वर्षका करण र उनका भाई १२ वर्षका अर्जुन बेपत्ता भएका छन् । राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरीचौकी पृथ्वीनगरले जनाएको छ । आज बिहानदेखि पुनः उनीहरुको खोजी कार्य शुरु गरिएको जनाइएको छ ।

त्यस्तै बुधबार साँझ ५.३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका– ५ बस्ने ४५ वर्षीय राम केरुङ मृत फेला परेका छन् । त्यस्तै साँझ ७ बजे झापा गाउँपालिका– ६ निवासी ६५ वर्षीया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् । निगुरो टिपेर फर्कने क्रममा खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । त्यस्तै देउनीया खोलाले बगाएर भद्रपुर– २ का ५० वर्षीय कुमार गजमेरको मृत्यु भएको छ । उनलाई साउन ६ गते खोलाले बगाएको थियो ।

मेचीनगर– ९ का १५ वर्षीय विवेक दर्नाललाई वुद्धशान्ति गाउँपालिका ७ मोतिडाँडामा आफन्तको घरमा पाहुना आएका बेला घरमाथिबाट खसेको पहिरोले पुर्दा मृत्यु भएको हो । हिले खोलाले बगाउँदा अर्जुनधारा– ११ तीन पैनीकी ३ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषि मुर्मू रहेकी छिन् । उनको साउन १ गते मृत्यु भएको हो । टाङटिङ खोला तर्ने क्रममा खोलाले बगाउँदा अर्जुनधारा– २ साकेलाका ६० वर्षीय फत्तेबहादुर बस्नेतको मृत्यु भएको हो । घर नजिकैको खहरे खोलाले बगाउँदा कचनकवल– ३ निवासी ३५ वर्षीय किलु टुडूको मृत्यु भएको छ ।

भद्रपुर– २ का ७ वर्षीय बालकको असार २८ गते सेफ्टी ट्याङ्कीमा डबेर मृत्यु भएको छ । त्यस्तै भद्रपुर– ३ का ३३ वर्षीय हिरण राईको मेची खोलामा डुहाउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । उनलाई मेची खोलाले असार २७ गते बगाएको थियो । उनको शव कचनकवल ५ वागाडाँगी नजिकै खोला किनारमा असार ३० गते फेला परेको थियो । विरिङ खोलाले बगाउँदा झापा गाउँपालिका– ५ का २५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ । छिमेकीको मलामी गएको बेला खोलामा नुहाउन पसेका बेला उनलाई खोलाले बगाएको थियो ।

उता कमल गाउँपालिका– ५ टुक्रेका ३५ वर्षीय पुष्प राईको रतुव र चाजु खोलाको दोभानमा आएको बाढीले बगाएर मृत्यु भएको छ । घर नजिकै कुलोमा जमेको पानीमा डुबेर झापा गाउँपालिका –७ रमितेका ३६ वर्षीय नरबहादुर पुलामी मगरको मृत्यु भएको हो । उनको असार १५ गते मृत्यु भएको थियो । यता शिवसताक्षी नगरपालिका– ८ का ३ वर्षीय बालक कुमार विष्टको घर नजिकै कुलोमा डुबेर मृत्यु भएको हो । उनको असार १२ गते निधन भएको थियो भने बाह्रदशी गाउँपालिका–७ कञ्चनबारीका डेढ वर्षीया बालिका अनुषा टुडूको कुलोमा डुबेर मृत्यु भएको छ । उनको असार १० गते मुत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies