Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

बाँके र बर्दियामा बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु

राँझा । बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् । दुई÷चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् । साथै व्यावसायिकरुपमा बाख्रापालन समेत गर्न थालेका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित कोहोला गाउँमा सो कार्यक्रम शुरु भएपछि किसानले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेको स्थानीय अगुवा सोहनलाल यादवले बताए । उनले कोहोला गाउँ अब बाख्रा स्मार्ट गाउँको नामले चिनिँदै गएको बताए । कोहोला बाख्रा स्मार्ट गाउँमा ५० घर परिवारले अहिले व्यावसायिक रुपमै बाख्रा पालिरहेका छन् । हरेक घरका किसानले १२ देखि ५० वटासम्म बाख्रा पालेका छन् ।

बाख्रा पालन व्यवसायबाट गाउँका किसानलाई आर्थिकरुपमा सवल बनाउने योजनाका साथ जिल्लाको नरैनापुर र जानकी गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा गत आर्थिक वर्षदेखि बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका प्रमुख कमला अधिकारीले जानकारी दिए ।

उहाँका अनुसार, बाख्रा स्मार्ट गाउँलाई साँच्चिकै स्मार्ट गराउन जलवायु स्मार्ट, प्रविधि स्मार्ट, पोषण स्मार्ट, सिँचाइ स्मार्ट, बजार स्मार्ट र अन्तर्सम्बन्धित स्मार्टलाई विशेष ध्यान दिएर काम भइरहेको छ । बाख्रा स्मार्ट गाउँका लागि प्रदेश सरकारले शुरुको वर्षमा ८० प्रतिशत रु ५० लाख लगानी गरेको छ भने २० प्रतिशत स्थानीय तह वा सम्बन्धित किसानलेनै लगानी गरेको उनले बताए ।

“बाख्रा स्मार्ट गाउँका लागि दोस्रो वर्षबाट प्रदेश सरकारले २५ प्रतिशत सहयोग घटाउँदै लैजाने र चार वर्षमा समुदाय कार्यक्रम सम्पन्न गरेर स्थानीय सरकार तथा सम्बन्धित किसानलाई हस्तान्तरण गर्ने योजना रहेको छ”, उनले बताए , “बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाख्रालाई सुरक्षित राख्न नयाँ खोर निर्माण गरिएका छन् । बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधिलगायतको व्यवस्थापन गरिएको छ ।”

बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि अहिले बाख्राको सुरक्षा, खानपिन तथा औषधोपचारका लागि पनि किसान उत्साहका साथ लागि परेको छन् । सो कार्यक्रम शुरु भएपछि दिन प्रतिदिन किसान बाख्रापालनतर्फ आकर्षित भएको बाँकेको नरैनापुर गाउँपालिकास्थित कोहोला बाख्रा स्मार्ट गाउँका संयोजक सविर खाँनले जानकारी दिए । प्रत्येक मङ्गलबार बाख्रा बिक्रीको लागि बजार लगाउने र बाख्राको मलबाट व्यावसायिक तरकारी खेती गर्ने योजना रहेको कोहोला बाख्रा स्मार्ट गाउँमा अहिले ५०० बढी बाख्रापालन गरिएको उनको भनाइ छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: