Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

सडक कालोपत्र र ढलानलाई प्राथमिकता दिँदै सिरहाका स्थानीय तह

लहान । सिरहाका स्थानीय तहहरुले ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिकता दिन थालेका छन् ।

विगत वर्षमा अधिकांश सडकमा माटो ग्राभेलको योजनालाई प्राथमिकता दिँदै आएका सिरहाका स्थानीय तहहरुले आर्थिक वर्ष ०७६/०७७ देखि सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्राथमिकता दिन थालेका हुन् । सडक सञ्जाल निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टौँ लाग्ने नगरवासीको समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्रे र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको स्थानीय सरकारका प्रमुखले बताएका छन् ।

लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र सुखीपुर नगरपालिकाले नगरक्षेत्रका सडकमा कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमितामा राखेर काम अघि बढाएका छन् । जनसङ्ख्या र वडाको दृष्टिकोणले सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकाले ग्रामीण भेगलाई लहान बजारसँग जोडिएका आधा दर्जन सडकलाई कालोपत्र र ढलान गर्ने योजनालाई अघि बढाएको लहान नगरपालिकाका प्रमुख मुनी साहले बताए ।

कूल २४ वडा रहेको लहान नगरपालिकाको दक्षिणी भेगमा पर्ने वडा नम्बर १९, २०, २१, २२ र २३ का जनतालाई सहज र कम समयमा लहान बजारसम्म पुग्ने सडक निर्माण तीव्ररुपमा भइरहेको नगरप्रमुख साहको भनाइ छ । यस्तै नगरपालिकाको उत्तरी भेगका पर्ने वडा नम्बर १५, १६, १७ र १८ लाई लहान बजारसँग जोड्ने सडकलाई वडास्तरीय बजेटबाट पक्की गर्न ढलानको कामसमेत अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको उत्तरी पश्चिम क्षेत्रमा पर्ने वडा नम्बर १३ र १४ को १० किलोमिटर सडकमा कालोपत्रे भइरहेको र करिब चार किलोमिटर सडक कालोपत्र सकिएको छ । बाँकी सात किलोमिटर सडकमा छिट्टै कालोपत्र सकिने र ठूलो वडाको रुपमा रहेको वडा नम्बर २४ लाई उद्योगग्राम र पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको नगरप्रमुख साहले जानकारी दिए ।

लहान नगरपालिकासँगै जोडिएको धनगढीमाई नगरपालिकाले पनि नगरक्षेत्रको सडकलाई कालोपत्र गर्ने योजनालाई तीव्रता दिएको छ । धनगढीमाई नगरपालिकाले ग्रामीण क्षेत्रलाई बजारसम्म जोड्ने करिब २५ किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको नगरप्रमुख हरिनारायण चौधरीले बताए । सडक कालोपत्र र ढलान गर्ने योजनालाई प्राथमिता दिएको गोलबजार नगरपालिकाले पनि अहिले नगरक्षेत्रका करिब ३२ किलोमिटर सडकमा कालोपत्र र ढलानको काम सकिएको जनाएको छ ।

छिमेकी तीन स्थानीय तहले सडक सञ्जाल कालोपत्र र पक्की बनाउने कार्यलाई प्राथमिकता दिएपछि सुखीपुर नगरपालिकाले पनि गाउँलाई बजारसँग जोड्ने १३ किलोमिटर सडकमा कालोपत्र र तीन किलोमिटर सडकमा ढलान भइसकेको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए । स्थानीय तहहरुले सञ्जाल विस्तारसँगै सडक कालोपत्र तथा ढलान गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि स्थानीय उत्साहित बनेका छन् ।

विगत वर्षहरुमा अधिकांश सडकमा असार मसान्तमा माटो र ग्राभेल हाल्दै आएका स्थानीय तहहरुले पछिल्लो एक वर्षदेखि कालोपत्रे तथा ढलान कार्यलाई प्राथमिकता दिएकाले छिट्टै नगरक्षेत्रमा विकासीय गतिविधिले तीव्रता लिने लहान नगरपालिका–८ का सन्तोष गुप्ताले बताए । यसबाट वर्षेनी माटो र ग्राभेलका नाममा भ्रष्टाचार गर्ने गरेको आरोपबाट समेत जनप्रतिनिधि केही हदसम्म मुक्त हुने उनको कथन छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies