Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

झापामा अपराधका घटनामा कमी

झापा । झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४र०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५र०७६ मा घटेर एक हजार ४६४ वटा मात्र मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७६र०७७ मा अपराधका घटनामा अझ कमी आई एक हजार १७० वटा मात्र मुद्दा दर्ता भएका छन् । तीमध्ये कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पछिल्लो तीन वर्षमा झापामा घटेका चार हजार ३२१ घटनामध्ये तीन आर्थिक वर्षमा नै अभद्र व्यवहारका मुद्दा धेरै छन् । आर्थिक वर्ष २०७४र०७५ मा भन्दा २०७५र०७६ मा कूल मुद्दा दर्ता सङ्ख्या १३.२१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६र०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले मुद्दाको सङ्ख्या नै घटेको छ ।

आर्थिक वर्ष २०७४र०७५ भन्दा आर्थिक वर्ष २०७५र०७६ मा दर्ता भएका मुद्दामध्ये अभद्र व्यवहारका मुद्दा ४५ प्रतिशत र आर्थिक वर्ष २०७६र२०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३ प्रतिशतले घटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७५र२०७६ को तुलनामा आर्थिक वर्ष २०७६र२०७७ मा लागुऔषधका मुद्दासमेत छ प्रतिशतले घटेको प्रहरीको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आत्महत्या, जबर्जस्ती करणी, सवारी ज्यान, मानव बेचबिखन, बहुविवाहलगायतका मुद्दा आर्थिक वर्ष २०७६र२०७७ मा कमी आएको प्रहरीले जनाएको छ । मुद्दा दर्ताको सङ्ख्यामा कमी आउनुको कारणमध्ये कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका लागि भएको लकडाउन, समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, अपराध नियन्त्रणमा भएको प्रहरी नागरिक सहकार्य, सघन गस्ती, चेकजाँच, मानिसको चेतनाको स्तरमा वृद्धि, प्रहरीको सक्रियता आदि रहेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०७६र०७७ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै यो अवधिमा मेचीनगर नगरपालिकामा घटना घटेका छन् । मेचीनगरमा एक आर्थिक वर्षमा मात्रै २२० घटना घटेका छन् । त्यस्तै दमकमा १७४ र विर्तामोडमा १७३ वटा घटना घटेका छन् ।

त्यस्तै भद्रपुरमा १०१, अर्जुनधारामा ६०, शिवसताक्षीमा ५८, गौरादहमा ५७ र कनकाईमा ५४ घटना घटेका छन् । झापाका आठ नगरपालिकामा मात्रै यो अवधिमा ८९७ वटा घटना घटेकोे प्रहरीले जनाएको छ । उता सात गाउँपालिकामध्ये सबैभन्दा धेरै घटना कमल गाउँपालिकामा घटेका छन् । कमल गाउँपालिकामा आर्थिक वर्ष २०७६र०७७ मा ७२ घटना घटेका छन् । गाउँपालिकामध्येकै सबैभन्दा कम घटना कचनकवल गाउँपालिकामा घटेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रहरीका अनुसार गौरीगञ्जमा ३२, बाह्रदशीमा ३१, बुद्धशान्तिमा ५१, हल्दिबारीमा ३७ र कचनकवलमा २२ वटा घटना घटेको र मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कोइरालाले बताए । गाउँपालिकामा मात्रै २७३ वटा मुद्दा दर्ता भएका छन् । स्थानीय तहमा भएका अपराधका घटनालाई आधार मान्दा नगरपालिकामा कूल मुद्दा सङ्ख्या ८९७ रहेको छ भने गाउँपालिकामा २७३ वटा छन् । शहरोन्मुख क्षेर र सघन बस्ती भएकै ठाउँमा अपराधका घटना बढी देखिएको प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनले देखाउँछ ।

नगरपालिकाको पनि मेचीनगरको ८ नम्बर वडा र विर्तामोडको ५ नम्बर वडामा धेरै घटना घटेका छन् । मेचीनगरको एउटै वडामा ७३ र विर्तामोडको एउटै वडामा ६७ घटना घटेका छन् । अपराधका घटनामा कमी आउनुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।

झापामा यौनजन्य अपराधका घटनामा समेत कमी आएको पाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies