Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

कर्णालीमा सलहबाट ४० प्रतिशत बालीमा क्षति

कर्णाली । “इतिहासमा फट्याङ्ग्राको यत्रो सङ्ख्या देखेको पहिलोपटक हो, जसलाई सलहभन्दा रहेछन्”, वीरेन्द्रनगर नगरपालिका– ७ सुर्खेत इत्रामका ६९ वर्षीय मनकुमारी गुरुङले भनिन्, “एकैपटक आकाश र घरको बारीमा करोडौँको सङ्ख्यामा सलहको हुल देख्दा म त दङ्ग परे ।”

शुक्रबार ठुलोे सङ्ख्यामा सलह यहाँका नागरिक आश्चर्य चकित परे । कतिले दङ्ग खाएर प्रश्न गर्दै थिए यो करोडौँको सङ्ख्यामा सलह कहाँबाट कसरी आयो र कहाँ गएर टुङ्गिन्छ रु यसलाई कसरी भगाउन सकिन्छ रु यद्यपि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिकाबाट पूर्वतयारीका लागि सूचना गरिएबमोजिम यहाँका स्थानीयले सडक, चौर र घरको छतमा निस्केर थाल, मादल बजाउँदै, ढ्याङ्ग्रो ठोके ।

दुई÷तीनवर्षे बालकदेखि ज्येष्ठ नागरिक बाहिर निस्कँदा सुर्खेतको दृश्य मेला जस्तै बनेको थियो । धेरै घरका छतमा ठूलो आवाजमा साउण्ड बक्ससमेत खोलिए । वीरेन्द्रनगर उपत्यका तथा सुर्खेतका विभिन्न स्थानीय तहमा आगो बालेर धुवाँ निकाले । तर पनि सलह भागेनन् ।

शुक्रबार ३ः०० बजे कर्णालीमा प्रवेश गरेर भोकाएको स्वार्म लेट नामको सलहले शनिबार बिहान ४० प्रतिशत बालीनालीमा क्षति पुर्याएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए । “सलहले भेरीगङ्गा नगरपालिकाको दशरथपुर, रामघाट, छिन्चु र हर्रे, लेकबेंसी नगरपालिकाको कल्याण र चिङ्गाड गाउँपालिकाको मकै, धान र भट्टमास बालीमा क्षति पु¥याएको छ”, निर्देशक रोकायले भने, “यसको व्यवस्थापनका लागि एकीकत कृषि प्रयोगशालालाई जिम्मा दिइएको छ ।” उनका अनुसार फेरि पनि भदौमा यसभन्दा ठूलो सलहको बथान आउने अनुमान गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले दुई दिनदेखि सलह भगाउन नसकिएको बताए । “सलह उत्तर पूर्वतर्फ लागेको छ, सुर्खेतको मेहलकुना, रतु, गर्पन हुँदै दैलेखतर्फ लागेको छ”, सूचना अधिकारी कठायतले भने ।

बिहान ६ः०० देखि ९ः०० बजेको समयमा यसले बाली बढी क्षति गर्ने भएकाले प्राविधिक प्रभावित क्षेत्रको फिल्डमा पुगेको उनले बताए । भारतको राजस्थानबाट नेपालगञ्ज हुँदै करोडौँको सङ्ख्यामा कर्णाली प्रवेश गरेको सलह जुम्लासम्म पुगे पनि क्षतिबारे कुनै जानकारी नआएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सलहले पुर्याएको क्षति यकीनका लागि सूचना सङ्कलन गर्न कर्मचारी फिल्डस्तरमै पुगेको बताइन् । सलह प्राकृतिक विपत्ति भएकाले किसानहरुलाई मारमा पर्न नदिन प्रदेश सरकारले आगामी बैठकबाट उचित निर्णय लिन मन्त्री केसीले जनाइन् ।

सलह भगाउन स्थानीय विधिले उपया नलागेपछि सबै बाली सखाप पार्ने हो कि भन्ने चिन्तामा किसान छन् । उनीहरुले कृषि प्राविधिकलाई फोन सम्पर्कबाटै सलहको रोकथाम तथा क्षति भएको बाली अवलोकन गर्न अनुरोध गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies