Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उपत्यकाका सडकमा सार्वजनिक यातायात : सिटभरि यात्रु, छैन सुरक्षा

काठमाडौँ । उपत्यकाका सडकमा सार्वजनिक यातायातका सवारीका साधन फाट्टफुट्ट गुड्न थालेका छन् । सिट क्षमताभन्दा आधामात्र यात्रु राखी कोरोना भाइरसको सङ्क्रमणबाट बच्न त्यस्ता सवारीमा सानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रुपमा कार्यान्वयन हुन सकेको छैन ।

सरकारले गत असार २६ गतेदेखि नै सुरक्षा विधि अपनाएर दुई जनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको थियो । शुरुका दिनमा नचलेका सार्वजनिक यातायात हाल फाट्टफुट्ट चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन । यातायात व्यवसायीले सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न पाउने नियम पालना नगर्दा दूरी कायम हुन नसक्ने देखिएको यात्रु मङ्गले तामाङले गुनासो गरे।

“बौद्धबाट डिल्लीबजारका लागि आज यात्रा गर्दा बा३ख १९२२ नं सार्वजनिक यातायातमा अगाडिका सबै सिटमा यात्रु बसेका थिए, जानैपर्ने काम भएकाले पछाडिपट्टिको सिटमा गएर बसेँ, डिल्लीबजारमा झर्ने बेलामा परिचालकले भाडा साबिककामा ५० प्रतिशतभन्दा बढी नै लिए तर यात्रु राख्न पाउने नियमको भने बेवास्ता गरे, मैले यात्रा गरेको दूरीमा कतै पनि सवारीमा अनुगमन भएको देखिनँ”, उनले भने ।

विगतदेखि नै यातायात व्यवस्था विभागले बनाएका नियम नमान्ने गरेका सार्वजनिक यातायातले यसपटक पनि त्यस्तै गर्न थालेको यात्रुको गुनासो छ । दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, परिचालकले पुरानो बानी नसुध्रने देखिएको यात्रुको भनाइ छ । सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ ।

विभागमा हालका लागि तोकिएभन्दा बढी यात्रु राख्न थालेको गुनासो आउन थालिसकेको महानिर्देशक गोगनबहादुर हमालले बताए। सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्नेलाई स्थलगत रुपमै कारवाही गर्न ट्राफिक प्रहरीलाई भनिएको विभागले जनाएको छ ।

“सडकमा खटिने ट्राफिकले सिट क्षमताभन्दा बढी यात्रु राखे÷नराखेको अनुगमन गर्छन्, सार्वजनिक सवारीमा चढ्ने यात्रुले पनि आफू सँगैको सिटमा अर्को यात्रु बसेमा ट्राफिक प्रहरीको १०३ नं मा फोन गरेर जानकारी गराउन सक्छ, सिट क्षमताको आधामात्र यात्रु राख्नकै लागि ५० प्रतिशत भाडा बढाइएको हो”, उनले भने।

हाल आएका गुनासो सम्बोधनका लागि प्रक्रिया अघि बढाइसकिएको छ । सिट क्षमताभन्दा आधा कम यात्रु राख्ने विषय जनताको स्वास्थ्यसँग सम्बन्धित रहेकाले अनिवार्य रुपमा अक्षरशः पालना गर्न विभागले आह्वान गरेको छ ।

विसं २०७५ फागुन मसान्तसम्म ३५ लाख ३९ हजार ५१९ सवारी साधन दर्ता भएको विभागको वेभसाइटमा उल्लेख छ । जसमा बस ४९ हजार ३१८, मिनिबस÷मिनिट्रक २५ हजार ५९५, माइक्रो सात हजार ६५८, टेम्पो ४५ हजार ६७२ दर्ता भएको छ । यसैगरी क्रेन÷डोजर÷एस्काभेटर÷ट्रक ९० हजार ४११, कार÷जिप÷भ्यान दुई लाख ३७ हजार ६५८, पिक अप ५५ हजार ९७३, मोटरसाइकल २५ लाख ३० हजार ७२२, ट्रैक्टर पावरलेटर एक लाख ४३ हजार ९६२, ई रिक्सा २६ हजार ४६६ र अन्य सात हजार ६०७ दर्ता भएको जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending