लहान । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यालय नआउँदा भुक्तानी दिन ढिलाइ भएको छ । गत असार मसान्तमा हतारहतार काम गरी उपभोक्ता समितिका पदाधिकारीहरुले अनावश्यक दबाब दिन थालेको र अनुगमन गर्नुपर्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत सुजीतकुमार यादव कार्यालय नआउँदा सम्पन्न भइसकेका विभिन्न योजनाको भुक्तानी अन्योलमा परेको हो । आर्थिक वर्ष ०७६/७७ को अन्तिम समयसम्म पनि भुक्तानी नपाएपछि नयाँ आव ०७७/७८ मा भुक्तानी हुने वा नहुने भन्नेमा उपभोक्ताहरु चिन्तामा परेका छन् ।
“असार मसान्तभित्र सकिनुपर्ने योजनाको काम सकिएको छ”, पतारी सडक मर्मत समितिका अध्यक्ष विद्यानन्द गिरीले भने, “तर भुक्तानी दिने बेलामा प्रमुख प्रशासकीय अधिकृत मोबाइल अफ गरेर कार्यालय नआउँदा भुक्तानी रोकिएको छ, अब नयाँ आवमा अघिल्लो वर्षको भुक्तानी हुने वा नहुने भन्ने चिन्ता बढेको छ ।”काम सम्पन्न गरेको आवश्यक कागजात सहितको फाइल गाउँपालिकामा पेस गरे पनि भुक्तानी नहुँदा समस्यामा परेको उनको भनाइ छ ।
सम्झौता गरेर काम सकेका उपभोक्ताहरु भुक्तानीका लागि दैनिकजसो गाउँपालिका आउने गरे पनि प्रमुख प्रशासकीय अधिकृत कार्यालय नआउँदा उपभोक्ता समितिका पदाधिकारीहरु निराश भएर फर्किने गरेको गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले बताए । “योजनाहरुको काम सम्पन्न भई मूल्याङ्कन भएर भुक्तानीका लागि फाइलसमेत तयारी भइसकेको छ”, उनले भने, “फाइल अध्ययन गरेर भुक्तानी दिनुपर्ने बेलामा प्रमुख प्रशासकीय अधिकृत यादव कहिले अनुगमनका नाममा त कहिले के नाममा विभिन्न बहाना बनाई कार्यालय नआउँदा फाइल थन्किएर उपभोक्ताहरु भुक्तानी रोकिएको हो ।”
प्रमुख प्रशासकीय अधिकृत यादवले योजनाहरुको अनुगमन नै नगरी भुक्तानीका लागि उपभोक्ता समितिहरुबाट दबाब आइरहेकाले कार्यालय नगई योजनाहरुको अनुगमन गरिरहेको बताए । आव ०७६÷७७ को अन्तिम समयमा मात्र हाजिर भएकाले सम्पन्न योजनाको अनुगमन निरीक्षण गरेमात्र भुक्तानी दिने जनाए पनि भुक्तानीका लागि अनावश्यक दबाब आइरहेकाले अप्ठ्यारामा परेको उनको भनाइ छ । “अधिकांश योजनाहरु अघिल्लो प्रमुख प्रशासकीय अधिकृतको कार्यकालमा सम्झौता भई काम सम्पन्न भएका हुन्”, उनले बताए, “योजनाहरुको अनुगमन नगरी भुक्तानी दिँदा कहीँ कुनै योजनामा कमीकमजोरी भए भोलि म कानूनी रुपमा फस्न सक्छु, त्यसैले योजनाहरुको स्थलगत अनुगमन गरेरमात्र भुक्तानी दिन्छौँ ।”
सम्पन्न भएको भनिएका योजनाहरुको सन्दर्भमा कमीकमजोरी भएको जनगुनासो आइरहेकाले भुक्तानी तत्कालका लागि रोकिएको र असारमा भुक्तानी हुन नसकेको योजनाहरुको भुक्तानी गाउँसभाबाट आवश्यक निर्णय गराएर छिट्टै दिइने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: