Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सिन्धुपाल्चोकको थकनी पहिरोको उच्च जोखिममा

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका– ४ थकनीमा अविरल वर्षाका कारण पहिरो जाँदा अमलेका माधवराज खनालको घर पुरिएको छ । अमले बस्तीका मात्रै केदारनाथ खनाल, चिरञ्जीवी खनाल, दीपेश खनाललगायतका १२ घरमा पहिराले पूर्ण रूपमा क्षति पु¥याएको र बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा छ । पहिरो पीडित दीपेश खनालका अनुसार मानवीय क्षति नभए पनि घरमा भएका सबै सरसामान तथा लत्ताकपडा सबै नोक्सान भएको छ ।

त्यस क्षेत्रका खनालबस्ती, डाँडा कठेरीलगायत बस्ती उच्च जोखिममा परेको स्थानीय जनप्रतिनिधि कृष्णबहादुर तामाङले बताए । स्थानीय जनप्रतिनिधिको सक्रियतामा सिन्धु सुरुङमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले पहिरो पीडितको उद्धार गरेको र उनीहरुको वैकल्पिक बासस्थानका लागि छलफल भइरहेको नेपाली काँग्रेस मेलम्ची नगर सभापति मधुसूदन सिग्देलले जानकारी दिए। अमले, डाँडा कठेरीलगायत मेलम्ची–४ का विभिन्न स्थानमा पहिराका कारण ५०–६० घर जोखिममा परेका छन् । तिनलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको जनप्रतिनिधि तामाङले बताए। उनका अनुसार डाँडा कठेरीका विस्थापितलाई तत्कालका लागि विद्यालयमा बसोबासको प्रबन्ध मिलाइएको छ । स्थायी स्थानान्तरणका लागि सम्बन्धित निकायमा पहल गरिएको पनि तामाङले जानकारी दिए ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले विस्थापितलाई तत्काल नगरपालिकासँगको सहकार्यमा त्रिपाल र पाल उपलब्ध गराउने प्रजिअ उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

बाढीपहिरामा सातको मृत्यु, २३ बेपत्ता

जिल्लामा बाढीपहिरामा परी सात जनाले ज्यान गुमाएका छन् भने २३ जना बेपत्ता छन् । मृत्यु हुनेमा जम्बुका दुई, बुल्कोटका एक, फुल्पिङकट्टीका तीन जना छन् । बुल्कोट र जम्बुमा गत असार २४ गते आएको बाढी र पहिरामा परी मृत्यु भएको हो भने फुल्पिङकट्टीमा असार ३१ गते राति आएको पहिरामा पुरिएर तीन जनाको मृत्यु भएको हो । त्यस्तै मेलम्ची खानेपानी आयोजनाको ढोका फुटेर बगाउँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याङ्कानुसार हालसम्म जिल्लामा आएको बाढीपहिराको घटनामा २३ जना बेपत्ता भएका छन् । बुल्कोट घटनामा तीन, जम्बुमा १७, फुल्पिङकट्टीमा दुई र मेलम्ची खानेपानी आयोजनामा ढोका फुटेर बगाउँदा एक जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

बाढीपहिराको घटनामा जिल्लामा ६६ घर र एक गोठ पूर्ण रुपमा क्षति भएको छ भने १३९ घर आंशिक रुपमा क्षति भएको छ । त्यसैगरी बाढीपहिरामा १६ सवारीसाधन पूर्ण रुपमा क्षति भएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending